राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै फेर्न खोजियो : शिक्षामन्त्री श्रेष्ठ « Khabarhub

राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै फेर्न खोजियो : शिक्षामन्त्री श्रेष्ठ


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै परिवर्तन गर्न खोजिएको बताएकी छन् ।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत नेकपा एमालेका अध्यक्ष केपी ओलीको नाम उल्लेख गर्दै मन्त्री श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्दा सरकार नै परिवर्तन गर्न खोजेको आरोप लगाएकी हुन् ।

उनले लेखेकी छन्, ‘आदरणीय केपी बा ! शिक्षकले राम्रो नपढाँउदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ। अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाउँदा सरकारनै परिवर्तन गर्न खोज्ने। तपाइँको शिक्षकले तपाइँकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब।’

नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु रुपन्देहीले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीको सम्मानमा बुटवलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले शिक्षकका कारण एसईईको नतिजा राम्रो नभएको बताएका थिए ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १० : १० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५