भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै « Khabarhub

भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै


२० असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको पाइएको छ । सन् २००९–१० मा केबल ९५ अर्ब डलर रहेको भारतको सेवा निर्यातसन् २०२३–२४ सम्म आइपुग्दा बढेर ३ खर्ब ४० अर्ब डलरपुगेको छ ।

भारतीय कुल सेवा क्षेत्रको निर्यातमध्ये झण्डै आधा अर्थात् ४७ प्रतिशत सफ्टवेयर सेवाको निर्यात रहेको जनाइएको छ । त्यसपछि व्यवसायिक सेवा २४ प्रतिशत रहेको छ ।

विश्वव्यापी रुपमा हेर्दा सेवा क्षेत्रको निर्यातमा अमेरिका अगाडि छ । त्यसपछि बेलायत, जर्मनी, आयरल्याण्ड र फ्रान्स छन् ।विकासशील मुलुकमा चीनपछि भारत सबैभन्दा धेरै सेवाक्षेत्रको निर्यात गर्ने मुलुकमा पर्छ । भारतपछि सिंगापुर, यूएई र टर्की छन् ।

द टाइम्स कुवेतका अनुसार सेवा क्षेत्रले भारतीय कुल ग्राहस्थउत्पादनमा ५० प्रतिशत भन्दा धेरै योगदान दिने गरेको छ । भारत सरकारले सन् २०३० सम्म सेवा क्षेत्रको बजार १ ट्रिलियन डलरसम्म पु-याउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १० : ३१ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको