गण्डकी प्रदेश : एक वर्षमा २० पुल निर्माण | Khabarhub Khabarhub

गण्डकी प्रदेश : एक वर्षमा २० पुल निर्माण


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ । ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्षमा गोरखा र तनहुँमा ८, नवलपुर र बागलुङमा ६, म्याग्दी र कास्कीमा ४, लमजुङ र मनाङमा २ वटा पुल निर्माण भएका हुन् ।

गत वर्ष गोरखा नगरपालिकाको दरौदी, बेनीघाट–आरुघाट–रुल्डी सडकअन्तर्गत आरखेतखोला, जरेबर–नारेश्वर–गोरखाबजार सडकअन्तर्गत दरौदी–जरेबर, लाप्राक–गुम्दा–लापु सडकको मुग्लाङ खोलामा मोटरेबल पुल निर्माण भएका हुन् ।

यसैगरी, तनहुँको शालिग्राम करिडोरअन्तर्गत ऋषिङ गाउँपालिका–५ पुनटारको लुम्दीखोला, बेलसोटी मार्गको म्याग्देखोला, बागेश्वरी मार्गको बुल्डीखोला र आबुखैरेनी गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने खहरेखोला, लमजुङको सेतोपहिरो–बगरेबेँसी सडकको मिदिमखोला, मनाङको पिसाङस्थित छार्ताङखोला, म्याग्दीको मालिका गाउँपालिका–१ र ६ को सिमाना छ्यारछ्यारेस्थित म्याग्दीखोला, मालिका–७ र धवलागिरि–७ को सिमाना भएर बग्ने भारवाङमा म्याग्दीखोलामा पुल निर्माण भएका हुन् ।

पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक डा. महेन्द्र बानियाँका अनुसार कास्कीको अर्मला–भुते–गेर्लाङ गाउँ–हरपक सडकको भुतेखोला र बुढीबजार–डहरे–एयरपोर्ट–चाउथे सडकको बिजरपुरखोला, नवलपुरको बवाक–डेढगाउँ सडकको निरम्दीखोला, गैडाकोट नगरपालिका–३ र ४ मा पर्ने जयश्रीखोला (दोस्रो) र आमरासा–डुकान–मेनघाट–हुप्सेकोट सडकको गिरबारीखोलामा पुल बनेका छन् ।

यसैगरी, बागलुङको मल्म–रिघा–सिसाखानी–पाण्डवखानी सडकको रिघा सारपेथुङ्गा, डोगाडी–ढोरपाटन सडकको गौडीखोला र नरेठाँटी–हरिचौर सडकको चुक्टीखोलामा पुल निर्माण भएका हुन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : ४५ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले