कुन बार नङ काट्दा कस्तो फल मिल्छ ?  « Khabarhub

कुन बार नङ काट्दा कस्तो फल मिल्छ ? 


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुन दिन या समय नङ काट्न हुने नहुने घरका ठूलाबडाले भनेको हामी प्रायःले सुनेकै कुरा हो । स्वास्थ्यका दृष्टिले शरीरलाई सफा राख्नु अति आवश्यक छ । नेपाली परम्पराअनुसार हातले खाना खान सिकाइन्छ, त्यहीकारण नङ हाम्रो खानाको सम्पर्कमा आउँछ । त्यसैले नङ सफा राख्नु निकै जरुरी छ ।

नङमा धेरै फोहोर हुन्छ । त्यसैले नङ काटेर औँला सफा राख्नु महत्त्वपूर्ण हुन्छ । प्राय: मानिसहरू नङ काट्ने दिनबारेमा भ्रमित हुन्छन् ।

धार्मिक मान्यता र ज्योतिष विद्याले नङ काट्ने शुभ दिन र समय बताएको छ । सही दिन र सही समयमा नङ काटिएमा फाइदा हुने मान्यता छ ।

प्राय राति पनि नङ काट्नु हुँदैन भन्ने गरिन्छ । ज्योतिषका अनुसार सूर्यास्त र त्यसपछि राति नङ काट्नु हुँदैन, यसो गरेमा लक्ष्मी रिसाएर घरमा गरिबी आउने विश्वास छ ।

बारअनुसार नङ काट्दा के हुन्छ न ?  

आइतबार : आइतबार नङ काट्नु अशुभ मानिन्छ। आइतबार नङ काट्दा मानिसको आत्मबल घट्छ, सफलतामा बाधा आउँछ । स्वास्थ्यमा नराम्रो असर पर्छ ।

सोमबार : सोमबार नङ काट्नु राम्रो हुन्छ । यसो गर्दा तमोगुणबाट मुक्ति मिल्छ। सोमबार भगवान् शिव, चन्द्रमा र मनसँग सम्बन्धित छ।

मंगलबार : सामान्यत: मंगलबार नङ काट्न निषेध गरिन्छ। मंगलबार नङ काट्दा ऋणबाट मुक्ति मिल्छ । जो मङ्गलबारको दिन हनुमानजीको व्रत बस्छन्, उनीहरूले यस दिन नङ काट्नबाट जोगिनु पर्छ।

बुधबार : बुधवार नङ काट्न शुभ मानिन्छ । बुधबार नङ काट्दा धन सम्पत्ति मिल्छ । करिअरमा उन्नति हुने योग छ । व्यापारबाट आम्दानी पनि बढ्छ ।

बिहीबार : बिहीबार नङ काट्दा सत्त्वगुण बढ्छ । बिहीबारलाई बृहस्पति बार र बृहस्पतिलाई आध्यात्मिक ग्रहको रूपमा पनि चिनिन्छ। बिहीबार नङ काट्दा अध्यात्म प्राप्त हुने जनविश्वास रहेको छ ।

शुक्रबार 

नङ काट्नका लागि शुक्रबारको दिन सबैभन्दा शुभ मानिन्छ । यसो गर्दा माता लक्ष्मी प्रसन्न हुन्छिन् । जीवनमा धन, समृद्धि, सौन्दर्य बढ्छ र सम्बन्ध मजबुत हुँदै जाने मान्यता छ ।

शनिबार : शनिबार नङ काट्नु हुँदैन । नङ काटे शनिदेव क्रोधित हुन्छन् । कुञ्डलीमा शनि कमजोर छ । शनिबार नङ काट्दा मानसिक तथा शारीरिक पीडा हुन्छ । धन हानि हुने सम्भावना छ ।

 -एजेन्सीकाे सहयोगमा 

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १२ : ५० बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही