शिक्षामन्त्रीको तर्क- शिक्षकहरूलाई दलका झोले नभनौँ, लाञ्छना नलगा‍औँ « Khabarhub

शिक्षामन्त्रीको तर्क- शिक्षकहरूलाई दलका झोले नभनौँ, लाञ्छना नलगा‍औँ


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

पोखरा- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाएर शैक्षिक गुणस्तर बढाउन नसकिने बताएकी छन् ।

आइतबार कास्कीमा सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, दलका झोले भन्नेलगायत गतिविधि रोकिनुपर्ने बताएकी छन् ।

शिक्षकहरुलाई लाञ्छना लगाउनेभन्दा कसरी विद्यालयप्रति समर्पित गराउन सकिन्छ भन्नेतर्फ योजना बनाउनुपर्ने उनको तर्क छ।

भट्टराईले शिक्षा ऐन विचाराधीन रहेको बताउँदै यो पारित भएपछि अहिलेका सबै समस्या विस्तारै समाधान हुँदै जाने जानकारी दिइन्।

‘शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, यी झोले हुन् भन्ने, तिनीहरू बेठीक हुन् भन्ने, तर तिनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराबाट हामीले आज खोजिरेहको गुणस्तरीयता पाउँदैनौँ’, उनले भने, ‘उहाँहरूलाई विद्यालयमा नियमित जानुपर्छ, काम गर्नुपर्छ, पढाउनुपर्ने कुरामा कसरी समर्पित गराउने कुरा महत्वपूर्ण हो । विद्यालय शिक्षा ऐन आइसकेपछि प्रभावकारी ढङ्गले लागू गर्न सक्दा यी कुरा हल हुँदै जान्छन् ।’

भट्टराईले पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठतर्फ लक्षित गर्दै लोकप्रियतावादी विचारले मात्रै समाजको नेतृत्व गर्न नसकिने बताइन् ।

आजको ब्यवहारिक कुरालाई अवमूल्यान गरेर सही ठाउँमा पुग्न नसकिने उनको तर्क छ।

मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा गुणस्तर कायम गर्दै गएर विश्वास आर्जन गर्न सकेमा विद्यार्थी पलायन रोक्न सकिने बताइन् । उनले पढिसकेका विद्यार्थीलाई रोजगारी दिनेगरी सरकारले योजना निर्माण थाल्नुपर्ने बताइन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १ : १२ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा