प्रधानमन्त्रीको तर्क- प्रतिगामी एजेन्डा बोक्नेहरूले संविधान संशोधनको विरोध गर्दैछन् | Khabarhub Khabarhub

प्रधानमन्त्रीको तर्क- प्रतिगामी एजेन्डा बोक्नेहरूले संविधान संशोधनको विरोध गर्दैछन्


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी एजेण्डा बोकेर हिँडेकाहरूले संविधान संशोधनको विरोध गरेको बताएका छन् ।

आइतबार एमाले मुख्यालय च्यासलमा उपाध्यक्ष गुरु बराल र मनोनीत १७ जना केन्द्रीय सदस्यहरूलाई शपथ दिलाउँदै एमाले अध्यक्षसमेत रहेका ओलीले देशको यस्तो बताएका हुन् ।

उनले देशलाई अगाडि लैजान संविधान संशोधन गर्न लागिएको बताए। त्यसैका लागि कांग्रेससँग मिलेको पनि उनले जिकिर गरे । ओलीले संविधान संशोधन गर्नै हुन्न भन्नेहरू लोकतन्त्रको विरोधी रहेको टिप्पणी गरेका छन् ।

‘देशको अग्रगति, समाजको विकास, जनताको प्रगतिका लागि संविधान संशोधन हुन्छ,’ ओलीले भने, ‘संविधान भनेको परिमार्जित हुँदै, संशोधित हुँदै जाने दस्तावेज हो ।’

उनले त्यसकै लागि नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेको जिकिर गरे । ‘तर, प्रतिगमनकारी एजेन्डा बोकेर हिँडेकाहरूले विरोध गरिरहेका छन्,’ ओलीले भने ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  २ : ३८ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो