तेल अभिव नजिकै छुरा प्रहार, एक जनाको मृत्यु « Khabarhub

तेल अभिव नजिकै छुरा प्रहार, एक जनाको मृत्यु


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

इजरायल– इजरायलको तेल अभिवको बाहिरी क्षेत्रमा छुरा प्रहारबाट आइतबार एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीले शङ्कास्पद प्यालेष्टिनी आक्रमणकारीले छुरा प्रहार गरेको तर आक्रमणकारीलाई तत्काल सुरक्षा नियन्त्रणमा लिइएको बताएको छ ।

गाजामा इजरायल–हमास युद्धसुरु भएको करिब १० महिनापछि क्षेत्रीय तनाव बढिरहेका बेला इजरायलको व्यापारिक केन्द्र तेल अभिभको बाहिरी भागमा पर्ने होलोनका विभिन्न स्थानमा आक्रमण भएको म्यागेन डेभिड एडोम नामक आपतकालीन सेवा बलले जनाएको छ ।

इजरायलको कब्जामा रहेको वेस्ट बैङ्ककका ती संदिग्धलाई घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले ‘निष्प्रभावी’ बनाएको बलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आक्रमणको केही समयपछि गम्भीर घाइते भएकी ७० वर्षीया महिलाको मृत्यु भएको म्यागेन डेभिड एडोमले जानकारी दिएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

७० वर्षीय वृद्धको अवस्था गम्भीर रहेको, ६८ वर्षीय एक जना गम्भीर घाइते भएको र २६ वर्षीय पुरुषको अवस्था सामान्य रहेको सो संस्थाले जनाएको छ ।

‘यो एक जटिल र कठिन आतङ्कवादी हमला थियो, पीडितहरू एक अर्काबाट लगभग ५०० मिटरको दूरीमा तीन अलग–अलग स्थानमा फेला परेका थिए,’ म्यागेन डेभिड एडोमले भनेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ३ : ०३ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार