एकीकृत समाजवादीका नेता यादव एमालेमा प्रवेश गरे « Khabarhub

एकीकृत समाजवादीका नेता यादव एमालेमा प्रवेश गरे


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका नेता नागेन्द्र राय यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

समाजवादीबाट मधेश प्रदेश सरकारमा राज्यमन्त्रीसमेत बनिसकेका यादव अन्य ३० जना नेता कार्यकर्तासहित आइतबार एमाले प्रवेश गरेका हुन् ।

उनीसहित मधेश प्रदेशबाट विभिन्न दलका नेता तथा कार्यकर्तालाई आइतबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराए ।

त्यस क्रममा अध्यक्ष ओलीले इमान्दारिताका साथ पार्टी, देश र जनतामा केन्द्रीत भई काम गर्न आग्रह गरे ।

उनले गुटका पछाडि नभइ पार्टीका पक्षमा दृढ रुपमा उभिनुपर्नेमा जोड दिए । विभिन्न कठिनाई, षडयन्त्रलाई चिरेर अहिलेको अवस्थामा आइपुगेको भन्दै ओलीले भविष्यमा थप सफलता प्राप्त गर्दै अघि बढ्ने उल्लेख गरे ।

एमाले प्रवेश गरेका यादवले कम्युनिष्टलाई समाप्त पार्ने गरि नेकपा एकीकृत समाजवादी अघि बढेकाले पुरानो एमाले पार्टीमा प्रवेश गरेको बताएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ४ : ०९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको