सुदूरपश्चिमको‍ मुख्यमन्त्रीमा कमल शाह दोस्रो कार्यकाललाई नियुक्त « Khabarhub

सुदूरपश्चिमको‍ मुख्यमन्त्रीमा कमल शाह दोस्रो कार्यकाललाई नियुक्त


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन् ।

नेकपा (एमाले) को समर्थनमा शाहले आइतबार मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । प्रदेश प्रमुख नजीर मियाँले शाहलाई दाबीबमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

यससँगै उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् । केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेसँगै प्रदेशहरूमा पनि सरकार फेरिएका हुन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिअनुसार शाह मुख्यमन्त्री भएका हुन् ।

सुदूरपश्चिम प्रदेश सभा कूल ५३ सदस्यीय छ । नवनियुक्त मुख्यमन्त्री शाहले कांग्रेसका १८ र एमालेका ११ गरी २९ सांसदहरुको समर्थनमा सरकारको दाबी पेश गरेका थिए ।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घराज सोडारीले शुक्रबार संसद्लाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको थियो ।

नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी (नाउपा) मिलेर सुदूरपश्चिममा कांग्रेसका शाहको नेतृत्वमा सरकार गठन हुन लागेको हो ।

प्रदेश प्रमुख नाजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेस गर्न आज साँझसम्मको समय दिएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ५ : ५४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल