समाचार

रातो मच्छिन्द्रनाथको भोटो अवलोकनमा पुगे प्रधानमन्त्री (तस्बिरहरू)

By खबरहब

August 04, 2024

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्न पुगेका छन् ।

ललितपुरको जावलाखेलमा आइतबार अपराह्न आयोजित भोटो जात्रामा सरिक भई प्रधानमन्त्री ओलीले पूजा पनि गरेका छन् ।

राताे मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । आइतबार राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए। त्यही कार्यक्रममा प्रधानमन्त्री ओली पनि सहभागी भएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद पनि लिए । भोटो जात्रा अवलोकन गर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री ओली, प्रधनन्याधीश विश्वम्भर श्र्ष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीहरू पनि पुगेका थिए ।