शेखर कोइरालाको तर्क- राजनीतिक स्थिरताका लागि कांग्रेस-एमालेको सरकार बन्यो, यसलाई टिकाइराखौँ  « Khabarhub

शेखर कोइरालाको तर्क- राजनीतिक स्थिरताका लागि कांग्रेस-एमालेको सरकार बन्यो, यसलाई टिकाइराखौँ 


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार बनाइएकाले यसलाई टिकाइराख्नुपर्ने बताएका छन्  ।

आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले पटक पटक सरकार परिवर्तन हुँदा राजनीतिक स्थिरता हुन नसकेका कारण ठूला दुई मिलेर सरकार बनाउनुपरेकाले यसलाई टिकाइराख्नुपर्ने बताएका हुन् ।

उनले अहिलेको सरकारले गल्ती गरे आवाज उठाउनुपर्ने र सहि दिशा दिनका लागि सुझाव दिनुपर्ने धारणा राखे ।

कोइरालाले अव निर्वाचन प्रणालीलाई सुधार गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताए । संविधान संशोधनका नाममा परिवर्तनको उपलब्धि गुम्न सक्ने आशंका पैदा भएका अवस्थामा नेतृत्वलाई झकझकाउने काम कांग्रेस नेता तथा कार्यकर्ताले गर्नुपर्ने उनको भनाइ छ ।

उनेले सरकारले सम्पूर्ण ध्यान सुशासनका साथै आर्थिक विकासमा दिनुपर्ने धारणा उल्लेख गरे । कोइरालाले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने दाबी गरे ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले पार्टीको बिचार उच्च भए जनसमर्थन बढ्दै जाने बताए । पार्टीभित्र उठेको शुद्धीकरणको विषयलाई युवा नेताहरूले गम्भीरताका साथ लिने उनले बताए ।

महामन्त्री थापाले पद भन्दा पनि पार्टीलाई महत्त्व दिएर निष्ठाको केन्द्र बनाएरै छाड्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : ३३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया