शेखर कोइरालाको तर्क- राजनीतिक स्थिरताका लागि कांग्रेस-एमालेको सरकार बन्यो, यसलाई टिकाइराखौँ  | Khabarhub Khabarhub

शेखर कोइरालाको तर्क- राजनीतिक स्थिरताका लागि कांग्रेस-एमालेको सरकार बन्यो, यसलाई टिकाइराखौँ 


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार बनाइएकाले यसलाई टिकाइराख्नुपर्ने बताएका छन्  ।

आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले पटक पटक सरकार परिवर्तन हुँदा राजनीतिक स्थिरता हुन नसकेका कारण ठूला दुई मिलेर सरकार बनाउनुपरेकाले यसलाई टिकाइराख्नुपर्ने बताएका हुन् ।

उनले अहिलेको सरकारले गल्ती गरे आवाज उठाउनुपर्ने र सहि दिशा दिनका लागि सुझाव दिनुपर्ने धारणा राखे ।

कोइरालाले अव निर्वाचन प्रणालीलाई सुधार गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताए । संविधान संशोधनका नाममा परिवर्तनको उपलब्धि गुम्न सक्ने आशंका पैदा भएका अवस्थामा नेतृत्वलाई झकझकाउने काम कांग्रेस नेता तथा कार्यकर्ताले गर्नुपर्ने उनको भनाइ छ ।

उनेले सरकारले सम्पूर्ण ध्यान सुशासनका साथै आर्थिक विकासमा दिनुपर्ने धारणा उल्लेख गरे । कोइरालाले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने दाबी गरे ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले पार्टीको बिचार उच्च भए जनसमर्थन बढ्दै जाने बताए । पार्टीभित्र उठेको शुद्धीकरणको विषयलाई युवा नेताहरूले गम्भीरताका साथ लिने उनले बताए ।

महामन्त्री थापाले पद भन्दा पनि पार्टीलाई महत्त्व दिएर निष्ठाको केन्द्र बनाएरै छाड्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : ३३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय