प्रादेशिक सरकार विकासे अड्डा मात्रै बने : मन्त्री काफ्ले  « Khabarhub

प्रादेशिक सरकार विकासे अड्डा मात्रै बने : मन्त्री काफ्ले 


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

दोलखा– बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रादेशिक सरकार विकास बाँड्ने, माग्ने अड्डा मात्रै बनेको बताएका छन् । संघीयताकाे अभ्यासमा रहेका प्रादेशिक सरकारलाई नागरिकले विकासे अड्डाको रूपमा मात्रै बुझ्ने गरेकाले अब यसलाई बागमती प्रदेश सरकारले विकासे अड्डा नभई प्रदेश संरचना सरकारकै रूपमा काम गर्ने बताए ।

मन्त्री भएपछि आइतबार पहिलो पटक गृह जिल्ला दोलखा आइपुगेका प्रदेश मन्त्री काफ्लेले सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रममा प्रदेश सरकारको सेवा प्रवाहलाई सुधार गरी सरकारकै रूपमा चलाउने गरी वर्तमान प्रदेश सरकार सक्रिय रहेको बताए ।

‘संघीयताको मर्म अनुसार प्रदेश संरचना भनेको घर आँगनको सरकार हो’ उनले भने, ‘तर प्रदेशहरू विकास बाँड्ने अड्डा जस्ता मात्रै भए, अब यो सुधार्न आवश्यक छ।’

मन्त्री काफ्लेले मुलुकका सबै प्रदेशहरू सङ्घीयताको अभ्यासमै रहेकाले प्रभावकारी ढंगले काम गर्न आफू नेतृत्वको बागमती प्रदेश सरकारले काम गर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘प्रदेश सरकार स्थानीय सरकार जस्तै घर आँगनको सरकारको रूपमा नागरिकलाई अनुभूति दिलाउने गरी सेवा प्रवाह गर्नुपर्ने बताए ।

प्रदेश सरकारको सेवा प्रवाहमा चरम गुनासो रहेका बेलामा मन्त्री बनेको छु’ उनले भने, ‘प्रदेशहरू प्रति नागरिकले गर्व गर्ने गरी काम गर्छौँ।’  मन्त्री काफ्लेले दोलखाको विकासका लागि आफू सक्रिय रहिरहने प्रतिबद्धता जनाए ।

भेटघाट कार्यक्रममा कांग्रेस दोलखाका  सभापति वर्मा लामाले तिन दशकपछि दोलखा कांग्रेसले मन्त्री पाएकोले जनताको पक्षमा काम गर्न मन्त्री काफ्लेलाई आग्रह गरे । त्यस्तै कालिञ्चाेक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले मन्त्री काफ्लेलाई जिल्लाका नौ वटै  स्थानीय तहका जनताले स्मरण गर्गनेरि काम गर्न अनुरोध गरेका थिए ।

मन्त्री काफ्ले मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आएका हुन् । उनले दोलखाका नौ वटै स्थानीय तहका नागरिकलाई भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

-सुबास बस्नेत

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : ४२ बजे

जातीय विभेदविरुद्ध ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालन गर्न निर्देशन

काठमाडौं – दलित समुदायलाई कोठा भाडामा नदिएको भन्दै त्यसविरुद्ध दीपा

एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं – सर्वोच्च अदालतले एकल महिला (विधवा)ले अर्को विवाह गरेमा

कर्णाली प्रदेश सरकारले दश वर्षे कृषि रणनीति तयार पार्दै

सुर्खेत – कर्णाली प्रदेश सरकारले टुक्रे आयोजनाबाट प्रतिफल नआउने भएपछि

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल

काठमाडौं – नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,

तमिलनाडुमा विजय थलापतिको पार्टी बहुमत नजिक, केरलमा कांग्रेसको पुनरागमन

काठमाडौं – भारतका विभिन्न राज्यहरूमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना अन्तिम