अन्तर्राष्ट्रिय

बंगलादेशमा फेरी प्रदर्शन चर्कियो, देशभर कर्फ्यु र इन्टरनेट बन्द

By खबरहब

August 04, 2024

काठमाडौं– बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबार साँझ ६ बजेदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ ।

बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ३२ जनाको मृत्यु भएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् ।

बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि देशभर कर्फ्यूको घोषणा गरेको छ । कर्फ्यु अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहनेछ ।

आइतबार बंगलादेशका विभिन्न भागहरूमा हजारौँ मानिसहरू भेला भए र शेख हसिनाको राजीनामाको माग गरेका थिए । शनिबार प्रदर्शनकारीहरूले बंगलादेशको राजधानी ढाकाका मुख्य सडकहरू घेराबन्दी गरेका थिए ।

बंगलादेशमा हालै प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ । आन्दोलनरत विद्यार्थीहरूले विवादास्पद आरक्षण प्रणाली अन्त्य गर्न खोजिरहेका छन् ।

यसअन्तर्गत सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारका लागि सरकारी जागिरको ३० प्रतिशत आरक्षित गरिएको थियो ।

न्युजकारखानाबाट