काभा महिला भलिबल : प्रतिस्पर्धात्मक खेलमा नेपाल इरानसँग पराजित | Khabarhub Khabarhub

काभा महिला भलिबल : प्रतिस्पर्धात्मक खेलमा नेपाल इरानसँग पराजित


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभा महिला नेसन्स भलिबल लिगमा नेपाल इरानसँग पराजित भएको छ । प्रतिस्पर्धात्म बनेको खेलमा इरानसँग नेपाल ३–२ को सेटले पराजित भएको हो ।

अन्तिम तथा पाँचौ सेट नेपालले १५–१३ ले गुमायो । पहिलो सेट २५–१६ ले गुमाएको नेपालले दोस्रो सेट २५–१६ ले जितेको थियो । त्यस्तै प्रतिस्पर्धात्म बनेको तेस्रो सेट नेपालले २५–२३ ले गुमाउँदा चौथो सेट भने २५-१५ ले जितेको थियो ।

यो जितसँगै इरानले २ अंक हासिल गरेको छ भने नेपालले एक अंक हासिल गरेको छ । इरानले चार खेलमा ७ अंक जोड्दा नेपालले ३ खेलमा ६ अंक प्राप्त गरेको छ ।

यसअघि नेपालले शनिबार भारतमाथि ३–२ को सेटमा ऐतिहासिक जित हासिल गरेको थियो भने त्यसअघि श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

त्यस्तै पहिलो खेलमा भारतसँग पराजित भएको इरानले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले र तेस्रो खेलमा माल्दिभ्सलाई ३–० ले पराजित गरेको थियो ।

अब नेपालले लिग चरणको अन्तिम खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको यस प्रतियोगितामा लिग चरणका खेलपछि शीर्ष चार देशले सेमिफाइनल खेल्नेछन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ७ : ३० बजे

८३ कैदीबन्दीले लगाए टीका

तनहुँ– विजयादशमीका दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट

बन्दीपुर घुम्न आएका विदेशीलाई दशैँको टीका

तनहुँ– तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक

ह्यारिसको कबज बन्दै ओबामा

ठिक १६ वर्षअघि युवा जस्तो देखिने बाराक ओबामा ओहायोमा बसमा

दशैँ टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

काठमाडौं– बडादशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप

आज पापाङ्कुशा एकादशी व्रत

काठमाडौं– आज आश्विन शुक्लपक्षको पापाङ्कुशा एकादशी । आज एकादशीको व्रत