प्रतिस्पर्धात्मक खेलमा इरानसँग नेपाल पराजित « Khabarhub

प्रतिस्पर्धात्मक खेलमा इरानसँग नेपाल पराजित


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आयोजक टोली नेपाल काभा वुमन्स नेसन्स भलिबल लिगको तेस्रो खेलमा इरानसँग पराजित भएको छ। प्रतिस्पर्धात्मक उक्त खेलमा नेपाल ३-२ सेटले पराजित भएकव हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा नेपाललाई पाहुना टोली इरानले २-३ को सेटमा हराउन सफल भएको हो ।

नेपालले पहिलो सेट १६-२५ले गुमाएको थियो । उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५-१६ ले जित्यो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा नेपाल २३-२५ ले पछि पर्यो ।

८-१०ले पछि परेको अवस्थाबाट लगातर ६ अंक जोड्दै नेपालले १४-१० अग्रता लियो । तर त्यसपछि इरानले लगातार पाँच अंक जोड्दै १५-१४ को अग्रता बनायो ।

एकतर्फी चौथो सेट २५-१५ ले आफ्नो पक्षमा पार्दै नेपालले खेललाई पाँचौं सेटसम्म लग्यो । प्रतिस्पर्धात्मक पाँचौं सेट नेपालले १३-१५ ले गुमायाे ।

अब नेपालले तीन खेलबाट ६ अंक जोडेको छ । यसअघि नेपालले श्रीलंकालाई ३-० र भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

लगातार तेस्रो खेल जितेको इरानले चार खेलबाट सात अंक बनायो । पहिलो सेटमा भारतसँग ३-१ को सेटमा पराजित भएको इरानले त्यसपछि श्रीलंकालाई ३-२ र माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो ।

नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार माल्दिभ्सको सामना गर्नेछ । आइतबार नै सम्पन्न खेलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा नतिजा आफ्नो पक्षमा पार्‍यो ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ७ : ३४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।