बाल मनोविज्ञानको कथामा फिल्म ‘रोल नं.१’ बन्ने « Khabarhub

बाल मनोविज्ञानको कथामा फिल्म ‘रोल नं.१’ बन्ने


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘रोल नं. १’ बन्ने भएको छ । सेभेन सिज सिनेमाले आइतबार सो फिल्म निर्माणको घोषणा गरेको हो । निर्माण पक्षले तिहारपछि छायांकनमा निस्कने जानकारी दिएको छ । यद्यपि कलाकारको अनुबन्धबारे केही खुलाएको छैन ।

सेभेन सिजका अनुसार फिल्म बाल मनोविज्ञानको कथामा आधारित रहेको छ । फिल्मको फस्टलुक पोस्टर पनि सार्वजनिक भएको छ । सो पोस्टरमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरुलाई पढाईरहेकी एक शिक्षिका देख्न सकिन्छ ।

सेभेज सिजको ब्यानरमा बन्ने यस फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहनेछ भने महेश दवाडीको पटकथा तथा संवाद रहने बताइएको छ । सेभेन सिजको यो तेस्रो फिल्म हो । यो ब्यानरको दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पोस्ट प्रोडक्सनमा छ । दशैको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्यमा निर्माण पक्ष रहेको छ ।

त्यसअघि बनेको फिल्म ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आइसकेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ८ : २१ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन