कालोपुलमा एक युवकको हत्या, श्रीमतीसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

कालोपुलमा एक युवकको हत्या, श्रीमतीसहित दुई जना पक्राउ


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका–७ कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ । महतको आज विहान हत्या भएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा ओखलढुङ्गा मानेभञ्जयाङ गाउँपालिका–९ माधबपुर घर भएकी २४ वर्षीया उषा नेपाली तथा सोही ठाउँका २७ वर्षीय मदन रम्तेल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “आज कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडामा लिई एक महिनादेखि बस्दै आएका श्रीमान श्रीमतीमध्ये पुरुष २० वर्षीय प्रेम महत दर्जी मृत अवस्थामा फेला परेकाले मृतकको श्रीमती उषा सार्की र मदन रम्तेललाई पक्राउ गरिएको हो ।”

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ८ : ४३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय