पर्यटक लोभ्याउन ‘परेवा जोडी’ « Khabarhub

पर्यटक लोभ्याउन ‘परेवा जोडी’


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित मणिडाँडामा परेवाको प्रतीक निर्माण गरिएको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले गत आर्थिक वर्षमा रु सात लाखको लागतमा परेवा जोडीको प्रतीक निर्माण गरिएको वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त स्थानलाई पार्क र पिकनिक स्थलका रूपमा विकास गर्दै आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजनाअनुरूप पूर्वाधार निर्माणका काम भइरहेको पनि उनले भने।

“यस डाँडामा सहिदको सालिक निर्माण लगायतका भौतिक संरचना निर्माण गर्ने योजना छ । परापूर्वकालमा आर्मीहरूले परेड खेलेकाले परेवाडाँडा नाम राखिएको बूढापाकाको भनाइअनुसार आर्मीहरुले परेड खेल्दै गरेको दृश्यको प्रतीक समेत निर्माण गर्ने लक्ष्य छ । साढे दुई लाख रुपैयाँको लागतमा सहिद मोहनलाल श्रेष्ठको सालिक निर्माण गरिसकेका छौँ”, श्रेष्ठले भने ।

परेवा जोडीको प्रतीक बनपछि हाल यहाँ हेर्न आउनेहरूको सङ्ख्या बढेको बढ्दै गएको छ । तीमध्ये सबैजसोे परेवा जोडीसँग तस्बिर खिँचाउँदै गरेका देखिन्छन् ।

यसैगरी यहाँको मणिडाँडामा रहेको मणि चौताराको मर्मत तथा स्तरोन्नति, नेपालको ठूलो झण्डा राख्ने, आँपका रूखहरुमा म्युजिक सिस्टम जडान गर्ने, पिकनिक स्पोर्टका लागि आवश्यक पर्ने भौतिक संरचना, शौचालय, खानेपानीलगायतको संरचना निर्माण गर्ने स्थानीय पालिकाको योजना छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ९ : २८ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा