चलचित्रका कारण कर्णालीको सौन्दर्यता महसुस गर्न पाएँः अभिनेत्री पन्त « Khabarhub

चलचित्रका कारण कर्णालीको सौन्दर्यता महसुस गर्न पाएँः अभिनेत्री पन्त


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री सुरक्षा पन्तले कर्णाली प्राकृतिक सुन्दरतासँगै विविध संस्कृतिले भरिपूर्ण भएको आफूले पाएको बताएकी छन् । आफू अभिनित चलचित्र ‘बुलाकी’ को प्रचारप्रसारका लागि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्णालीमा छायाङ्कनका लागि बिताएको समय र आफ्नो पात्रको विषयबारे चर्चा गरिन् ।

“यस चलचित्रमा मैले कर्णालीको हिरा नामक पात्रको भूमिका निर्वाह गरेकी छु । चलचित्रमा निसन्तान हुँदा महिलाले भोग्नुपर्ने सास्ती र जारी प्रथाको विषय जोडिएको छ”, अभिनेत्री पन्तले भनिन्।

आफ्नो पात्रलाई जीवन्त बनाउने अभिनेत्री पन्तले हिरा नामक पात्रको तयारी कर्णालीमै पुगेर गरेकी थिइन् । स्थानीय भाषा, लवजसँगै भेषभूषा र मनोविज्ञान बुझ्न आफू स्थानीयसँग घुलमिल भएको उनले बताइन् । मनाङमा एक इटालियन चलचित्रको छायाङ्कन सकाएको एकसातापछि उनी कर्णाली पुगेको बताइन् ।

“पात्रका लागि जति तयारी गरे पनि स्थानीयमा नपुगी पूर्ण पाउँदैन । त्यसैले म एक हप्ता विश्राम गरेर स्थानीयसँग भेट्न पुगे । त्यहाँको जीवन र छुट्टै छ । त्यहाँका मान्छे मैले खुसी भएको पाएको छु”, उनले भनिन्।

कर्णाली पिछडिएको क्षेत्र भनेर आफूले सुने पनि त्यहाँ पुगेपछि भने उक्त सोच परिवर्तन भएको अभिनेत्री पन्तले बताइन् । “मैले छायाङ्कनको समयमा जारी प्रथाबारे जिज्ञासा राखेकी थिएँ । छिटपुट हुने गरेको घटनाबारे स्थानीयले सुनाउनुभएको थियो । त्यहाँ बस्दा मैले बुझेको कर्णालीका महिला सक्षम छन् र अभिभावकत्व लिन तयार छन् भन्ने हो”, अभिनेत्री पन्तले भनिन् ।

चलचित्रमा अभिनेत्री पन्तसँगै नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : २७ बजे

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम– धनुषामा प्रहरीले १९७ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि

राष्ट्रपतिले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज