एकदिवसीय सिरिज : भारतविरुद्ध श्रीलंकाको शानदार जित | Khabarhub Khabarhub

एकदिवसीय सिरिज : भारतविरुद्ध श्रीलंकाको शानदार जित


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकाविरुद्धको एकदिवसीय श्रृङलाको दोस्रो खेलमा भारत पराजित भएको छ । आइतबार कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा भारत ३२ रनले पराजित भएको हो ।

जितका लागि २४१ रनको लक्ष्य पछ्याएको भारत ४२.२ ओभरमा अलआउट हुँदै मात्र २०८ रन बनायो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रन बनाए । त्यस्तै अक्षर पटेलले ४४, शुभमन गिलले ३५ रनको योगदान दिए । अन्य खेलाडीको ब्याटिङ उल्लेखनीय रहेन् । श्रीलंकका लागि जेफ्री वान्डरसेले ३३ रन खर्चिएर सर्वाधिक ६ विकेट हात पारे । चरित असालान्काले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४० रन बनाएको थियो । उसका लागि कामिन्दु मेन्डिस र अविष्का फर्नान्डोले समान ४० रन बनाए । त्यस्तै कुसल मेन्डिसले ३० रन बनाए ।

भारतका लागि वासिङ्टन सुन्दरले तीन तथा कुलदीप यादवले दुई विकेट लिए । यसअघि सिरिजकाे पहिलाे खेल बराबरीमा सकिएकाे थियाे । याेसँगै श्रीलंकाले १-० काे अग्रता बनाएकाे छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : ५६ बजे

माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता)

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु

आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड)

दल दर्ताका लागि आयोगमा ९ निवेदन

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन

मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह

कास्की – जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ