संविधानबाट समावेशिता हटाउने कुरा सोच्न पनि सकिन्न : महत « Khabarhub

संविधानबाट समावेशिता हटाउने कुरा सोच्न पनि सकिन्न : महत


१९ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता तथा पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले अहिलेकै निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत नआउने ठोकुवा गरेका छन् ।

मङ्गलबार कोशी प्रदेशको राजधानी विराटनगरमा बीपी चिन्तन प्रतिष्ठान कोशी प्रदेश समितिले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै प्रवक्ता महतले अहिले बनेको कांग्रेस–एमाले गठबन्धनले जनतालाई आशा जगाएको जिकिर गरे।

उनले संविधान संशोधन गर्दा संविधानबाट समावेशिता हटाउन खोजेको भन्ने कुरा गलत भएको र नेपाली कांग्रेस समावेशिताको पक्षमा लड्दै आएको पार्टी भएको स्पष्ट पारे । उनले कांग्रेसले संविधानबाट समावेशितालाई हटाउने कुरा सोच्न समेत नसक्ने बताए।

उनले भने, ‘समानुपातिक निर्वाचन प्रणाली हटाएर पनि समावेशिता सुनिश्चित गर्न सकिन्छ, विश्वका थुप्रै देशमा यस्तो प्रणाली अभ्यासमा छन्, अब हामीले पनि यो विकल्प सोच्नु पर्ने बेला भयो।’

प्रवक्ता महतले संविधान संशोधनको विषयमा अन्योन्य र गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै त्यतातिर सचेत रहन पनि सबैलाई आग्रह गरे।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ६ : ५० बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने