इतिहासले सधैँ सम्झने जेल ब्रेक | Khabarhub Khabarhub

इतिहासले सधैँ सम्झने जेल ब्रेक


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा अहिलेसम्म भएको सबैभन्दा ठुलो जेल विस्फोटमा कम्तीमा १२९ जनाको ज्यान गएको छ। जेल भित्र हुने गरेका आक्रमणको शृङ्खलामा यो अन्तिम घटना हो। आन्तरिक मामला मन्त्री ज्याक्युमेन साबानी लुको बिहाङगोले दिएको जानकारी अनुसार स्थानीय समय अनुसार बार सोमबार बिहान १२ बजे राजधानी किनसासाको सबै भन्दा ठुलो मानसासा केन्द्रीय जेल ब्रेकको प्रयासमा सो घटना भएको थियो। पहिलो चेतावनी र त्यसपछि बन्दुक प्रहार भएपछि उनीहरूको ज्यान गएको हो। ५९ जनाको उपचार भइरहेको छ।

सामाजिक सञ्जालमा बाहिर आएको भिडियो अनुसार भुईँभर रगत लतपतिएका थिए। धेरै पर्खाल भत्किएका थिए। तिनीहरूमा प्वाल परेको दृश्य यत्रतत्र देखिएको थियो। भिडियोमा भाँचिएका फर्निचर तथा कागज भुइँमा छरिएका थिए। कार्यालय, त्यहाँ रहेका खाद्य पदार्थ र रजिस्टरहरू जेल ब्रेकमा क्रममा डढेका छन्।

मन्त्री बिहांगोले मंगलबार सुरक्षा निकायको बैठक राखेका छन्। उनले घटनाको बारे छानबिन भइरहेको बताएका छन्।

एमनेस्टी इन्टरनेसनलले भने जेलको अवस्था नै खराब रहेको भन्दै आलोचना गरिरहेको छ। १५ सय जनाको क्षमता रहेको सो जेलमा १२ हजार हजार जना राखिएका थिए।

एमनेस्टी इन्टरनेसनलले भने जेलको अवस्था नै खराब रहेको भन्दै आलोचना गरिरहेको छ। १५ सय जनाको क्षमता रहेको सो जेलमा १२ हजार हजार जना राखिएका थिए। कानुन मन्त्रीको तर्फबाट सल्लाहकार मुताम्बाले जेलको तोडफोडको सुरुवाती सङ्केतको आशय व्यक्त गरेका छन्। उनले अर्को सूचना नआएसम्म मताला जेलको बारे यसै अवस्था कायम राख्ने बताएका छन्।

सन् २०१७ मा पनि ५० जना बन्दीबाट जेल ब्रेक भएको थियो। सो समयमा धार्मिक सङ्गठनमा आवद्धहरुबाट जेल ब्रेक भएको हो। सन् २०२० मा उत्तर पूर्वी क्षेत्रमा रहेको जेलबाट एक हजार जना भागेका थिए। सो समयमा आइएसएसले घटनाको जिम्मेवारी लिएको थियो। सो घटनामा सुरक्षा निकायका व्यक्ति समेत कम्तीमा ११ जना मारिएका थिए। त्यसको एक वर्षपछि मताडीमा भएको जेल ब्रेकमा १८९ जना भागेका थिए। त्यसै जेलमा अर्को एक वर्ष पछि भएको जेल ब्रेकबाट दुई जना भागेका थिए।

इतिहासमा धेरै जेल ब्रेक भएका छन्। यसरी भएका जेल ब्रेक मध्य सन् २०१२ मा भएको बानु जेल ब्रेक पनि हो। सय जना भन्दा बढी लडाकु जेल भित्र छिरेर त्यहाँ रहेका ३७४ कैदीलाई भगाएका थिए। ३८४ मध्य पूर्व राष्ट्रपति परवेज मुसरफको हत्या गर्न खोज्ने पनि थिए। उनीहरूले रातको समयमा नौ सय जना भन्दी बढी बन्दी राखिएको जेलको ढोकामा ग्रिनेड प्रहार गरेका थिए। त्यहाँ कैदीहरू भाग्नु भन्दा बाहेक अन्य अप्रिय घटना भने खासै भएन। बन्दुकधारीहरूले दुई घण्टाको समय लगाएर अन्यलाई रोकेर उनीहरूलाई भगाएका थिए।

इतिहासमा धेरै जेल ब्रेक भएका छन्। यसरी भएका जेल ब्रेक मध्य सन् २०१२ मा भएको बानु जेल ब्रेक पनि हो। सय जना भन्दा बढी लडाकु जेल भित्र छिरेर त्यहाँ रहेका ३७४ कैदीलाई भगाएका थिए।

त्यस समयमा ती लडाकुको उद्देश्य नै शीर्ष व्यक्तिहरूको हत्या योजनामा संलग्नलाई छुटाउनु थियो। अचम्म त त्यो घटनामा लडाकुहरूले आफ्नो काम सकेर हिँडी सकेपछि प्रहरी पुगेको थियो। ती मध्य मुसरफको हत्या योजनामा संलग्न रहेका अदनना रसिद पनि थिए। सेनाका पूर्व जागिरे उनलाई सन् २००५ मा कोर्ट मार्सल भएको थियो।

सन् २००७ मा भारतको छत्तिस गढ जेल पनि ब्रेक भएको थियो। माओवादी लडाकु सुजितले त्यहाँ जेलमा रहेको हतियार खोसेका थिए। ११० माओवादी लडाकुसहित २९४ जनालाई जेलबाट भगाएका थिए। यसरी जेल गएर धेरै छुटाउन सफल सुजितले जङ्गलमा नै छापामार प्रशिक्षण गरेका थिए। त्यस समयमा एक बन्दुकधारी र दुई सुरक्षाकर्मी घाइते भएका थिए।

काश्मीरमा यसै वर्षको जुलाइमा भएको जेल ब्रेकमा १८ जना भगाइएका थिए। यसरी भगाइएका मध्य ६ जना मृत्युदण्डको सजाय पाएका थिए।

अमेरिकामा पनि केही जेल ब्रेक प्रयास भएका थिए। सन् १९३४ देखि ६३ को बिचमा सनफ्रान्सिस्कको खाडीको बिचमा रहेको अल्कराज टापुको जेलमा अमेरिकामा सबै भन्दा कुख्यात अपराधी थिए।

सो समयमा अल कापोन, जर्ज मेसिन गन काली तथा जेम्स ह्वीट्ली बर्गर जस्ता चिनिएका अपराधीलाई त्यहाँ राखिएका थियो। २९ वर्ष सङ्घीय जेलको रूपमा रहेको त्यहाँ अहिलेसम्म १५ सय जना कैदी राखिए। त्यस जेलबाट सितिमिति भाग्न पक्कै सम्भव होइन। १४ पटक विभिन्न प्रयासमा कुल ३६ जना जेलका बन्दी त्यहाँबाट भाग्ने प्रयास गरेका थिए। यी मध्य कसैले सफलता पनि पाएका छन्।

त्यस जेलमा भएका धेरै प्रयास मध्य तीन जना भने सफलता पाए। जोन्स तथा क्लेरेन्स एंगीन दाजु भाइभाइको साथमा फ्रान्क मोरिस पनि माग्न सफल भएका थिए। उनीहरूले आफ्नो ओछ्यान देखिकै सुरुङ बनाएर भागेका थिए। जेलको छतबाट उनीहरू पानीमा पुगेका थिए। पानीमा तैरनका लागि उनीहरूले लाइफ भेस्ट गार्ड बनाएका थिए। यसैको सेरोफेरोमा हलिउडमा इस्केप फ्रम अल्कराज बनेको थियो।

सन् २०२० मा लेबनानमा यसै किसिमको घटना भएको थियो। बेरुत नजिक रहेको जेल भत्काएर ६९ जना भागेका थिए। यसरी मागेका मध्य ६९ जना समातिएका थिए। दुखको कुरा यिनीहरू भागेको केही समय पछि नै पाँच जना भने कार दुर्घटनामा परेर मरेका थिए।

गत महिना मात्र सोमालियाको राजधानी मोगाधिसुमा सुरक्षाकर्मी र जेका बन्दीको बिचमा गोली हानाहानमा आठ जनाको मृत्यु भएको थियो।

JPG converted with https://ezgif.com/webp-to-jpg

सोमालियामा बन्दीहरूलाई भगाउन खोजेको प्रयासमा आठ जनाको ज्यान गएको थियो। पाँच प्रहरी र तीन सुरक्षाकर्मीको ज्यान गएको छ। यी केही उदाहरण हुन्। संसारमा यस्ता धेरै जेल ब्रेकको घटना छन्। केही सफल भए या असफल। यी मध्ये प्रजातान्त्रिक गणतन्त्र कङ्गो सबैभन्दा अघि छ।
स्रोत : फ्रान्स २४, बिबिसी, सिएनएन हिस्ट्री डटकम

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : ५४ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन