नेपाल र श्रीलंकाबीच आज दोस्रो अभ्यास खेल हुँदै « Khabarhub

नेपाल र श्रीलंकाबीच आज दोस्रो अभ्यास खेल हुँदै


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि नेपालले आज श्रीलंका डेभलपमेन्टसँग तीन एकदिवसीय अन्तर्गत दोस्रो अभ्यास खेल खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा १० बजे सुरु हुनेछ । हिजो पहिलो दिनको अभ्यास खेल ठूलो वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो ।

श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले तेस्रो अभ्यास खेल भोलि खेल्ने तालिका छ । अभ्यास खेल पछि नेपाल क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज खेल्न त्यसतर्फ जानेछ ।

नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल खेल्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ९ : ४५ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा