रुसको भीषण आक्रमणबीच युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा « Khabarhub

रुसको भीषण आक्रमणबीच युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा


१९ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसियाले आक्रमण बढाउँदै लगेको अवस्थामायुक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन् ।

रसियाले युक्रेनमा भीषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मन्त्रिमन्डल पुनर्गठन गर्ने तयारी गरेका छन् ।

रसियाले देशभर आक्रमणलाई तीव्र पारिरहेका बेला कुलेबाले राजीनामा दिएको अन्तर्राष्ट्रय सञ्चारमाध्यमले जनाएका छन् ।

रुससँगको लडाइँका क्रममा कुलेबा राष्ट्रपति जेलेन्स्कीका प्रमुख सहयोगी थिए । खासगरी उनले अन्तर्राष्ट्रिय समुदायसँग गरेको सहकार्यको प्रसंशा गरिएको थियो ।

युक्रेनी सञ्चारमाध्यमले सरकारका अन्य महत्वपूर्ण पदमा पनि यो साता परिवर्तन हुने उल्लेख गरेका छन् । राजीनामा दिने अन्यमा उद्योगमन्त्री ओलेकसान्डर कामिसिन पनि छन् ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ३ : ०५ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार