रुसको भीषण आक्रमणबीच युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा « Khabarhub

रुसको भीषण आक्रमणबीच युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा


१९ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसियाले आक्रमण बढाउँदै लगेको अवस्थामायुक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन् ।

रसियाले युक्रेनमा भीषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मन्त्रिमन्डल पुनर्गठन गर्ने तयारी गरेका छन् ।

रसियाले देशभर आक्रमणलाई तीव्र पारिरहेका बेला कुलेबाले राजीनामा दिएको अन्तर्राष्ट्रय सञ्चारमाध्यमले जनाएका छन् ।

रुससँगको लडाइँका क्रममा कुलेबा राष्ट्रपति जेलेन्स्कीका प्रमुख सहयोगी थिए । खासगरी उनले अन्तर्राष्ट्रिय समुदायसँग गरेको सहकार्यको प्रसंशा गरिएको थियो ।

युक्रेनी सञ्चारमाध्यमले सरकारका अन्य महत्वपूर्ण पदमा पनि यो साता परिवर्तन हुने उल्लेख गरेका छन् । राजीनामा दिने अन्यमा उद्योगमन्त्री ओलेकसान्डर कामिसिन पनि छन् ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ३ : ०५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर