मलेसियामा सिरहाका रुपेशको सँगै काम गर्ने नेपाली साथीबाटै हत्या « Khabarhub

मलेसियामा सिरहाका रुपेशको सँगै काम गर्ने नेपाली साथीबाटै हत्या


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

सिरहा-सिरहाको विष्णुपुर गाउँपालिका-२ राजपुर निवासी २२ वर्षीय रुपेश यादवको आफ्नै साथीले हत्या गरिएको छ।

मलेसियास्थित एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

वैदेशिक रोजगारको क्रममा २ वर्षअगाडि मलेसियास्थित सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने नेपाली युवक निलम गुरुङले हत्या गरेको परिवारजनले जनाएका छ्न।

घटनाको जानकारीपछि मलेसिया प्रहरीले तत्कालै निलमलाई नियन्त्रणमा लिएको छ । यादवको हत्याले गाउँ र परिवार शोकमा डुबेको छ।

घटनामा संलग्नलाई कडाभन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले सरकारसँग उचित पहलको अपील गरेका छन्।

यो घटनाले वैदेशिक रोजगारमा गएका नेपाली आफ्नै साथीबाट असुरक्षित रहेको देखाएको छ । रुपेशको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ३ : १५ बजे

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर