ऊर्जामन्त्रीले एडीबी निर्देशकलाई भने- दुई ठूला दलको सरकार छ, ढुक्कले लगानी गर्नू | Khabarhub Khabarhub

ऊर्जामन्त्रीले एडीबी निर्देशकलाई भने- दुई ठूला दलको सरकार छ, ढुक्कले लगानी गर्नू


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एशियाली विकास बैङ्क (एडीबी) का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बुधबार भएको उक्त भेटमा ऊर्जा क्षेत्रमा एडीबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनको सहकार्यबारे छलफल भएको छ ।

भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा एडीबीले गरेको सहयोगप्रति धन्यवाद दिएका छन् । उनले आगामी दिनमासमेत सरकारलाई एडीबीको सहयोग निरन्तर हुने विश्वास जनाए ।

मन्त्री खड्काले एडीबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गरे । निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताएको ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिए ।

दुई ठूला राजनीतिक दल मिलेर बलियो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न मन्त्री खड्काले एडीबी निर्देशकलाई आग्रह गरेका छन् ।

उनले नेपाल मध्यम आय भएको देशमा रुपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडीबीको साथ र सहयोग आवश्यक रहेको पनि बताएका छन् ।

भेटमा एडीबीका प्रतिनिधि काउकोइसले एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आयोजना निर्माणका समस्याबारे मन्त्री खड्कालाई जानकारी गराएका थिए । एडीबीले नेपालको विकासको क्षेत्रमा लामो समयदेखि साथ र सहयोग दिँदै आएको उनले बताए ।

भेटमा मन्त्रालयका सचिव सिग्देल, ऊर्जा विज्ञ प्रवल अधिकारीलगायतले ऊर्जा क्षेत्रको विकासका लागि एडीबीको सहयोगप्रति धन्यवाद दिए । उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ४ : ४२ बजे

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान

आईजीन छुट्याउने ‘धितोपत्र अभौतिकीकरण निर्देशिका’मा के छ ? (मस्यौदासहित)

काठमाडौं– सीडीएस एन्ड क्लियरिङ लिमिटेडले स्वीकृतिका लागि स्वीकृतिका लागि नेपाल

खानेकुरा कुरिरहेकामाथि इजरायली आक्रमण, एकैदिन २६ जनाको मृत्यु

एजेन्सी – गाजाको नागरिक सुरक्षा निकायका अनुसार इजरायली गोली प्रहार