बाढीपछि उद्दारमा लापरबाही गरेको भन्दै उत्तर कोरियाका ३० अधिकारीलाई मृत्युदण्ड « Khabarhub

बाढीपछि उद्दारमा लापरबाही गरेको भन्दै उत्तर कोरियाका ३० अधिकारीलाई मृत्युदण्ड


१९ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-उत्तर कोरियामा हालैको विनाशकारी बाढीले ठूलो क्षति गरेको छ ।

समाचारअनुसार यो बाढीपछिको राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिएका छन् ।

दक्षिण कोरियाका मिडियाका अनुसार ती व्यक्तिहरूविरुद्ध भ्रष्टाचार मुद्दा पनि दर्ता भएको छ ।

बाढीका कारण चार हजारभन्दा बढीले ज्यान गुमाएको उल्लेख छ । मिडिया रिपोर्टहरूका अनुसार विनाशकारी बाढीले चाङ्गाङ प्रान्तका केही भागलाई ध्वस्त पारेको छ। जसमा ४ हजारभन्दा बढी उत्तर कोरियालीको मृत्यु भएको थियो ।

किमले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए । यसै क्रममा बाढीको चरमता देखेर उनी रिसाएका थिए । उनले स्थितिलाई बेवास्ता गरेको भन्दै ३० अधिकारीलाई तुरुन्तै मृत्युदण्ड दिए ।

रिपोर्टका अनुसार सबैलाई एकै समयमा झुण्ड्याइएको थियो । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार गत महिनाको अन्त्यमा बाढी प्रभावित क्षेत्रमा २०-३० जना प्रमुख पार्टीका व्यक्तिलाई एकै समयमा झुण्ड्याइएको थियो ।

यसबाहेक चाङ्गाङ प्रान्तका बर्खास्त पार्टी सेक्रेटरी काङ बोङ–हुनलाई पनि यही अवस्थाका लागि पक्राउ गरिएको थियो । साथै, किम जोङ उनले प्रकोप रोक्नको लागि आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकालाई कडा कारबाही गर्न अधिकारीहरूलाई आग्रह गरेका थिए ।

उत्तर कोरियाको सेन्ट्रल न्यूज एजेन्सीले यसअघि जुलाईमा चागाङ प्रान्तमा आएको विनाशकारी बाढीपछि किम जोङ उनले अधिकारीहरूलाई कडा सजाय दिने आदेश दिएको जानकारी दिएको थियो ।

उत्तर कोरियामा फाँसी दिइएका अफिसरहरूको पहिचान भने खुलाइएको छैन । यद्यपि, रिपोर्टमा बाढी प्रकोपको समयमा आपतकालीन बैठकमा बर्खास्त गरिएका नेताहरूमा २०१९ देखि चाङ्गाङ प्रान्तको प्रान्तीय पार्टी कमिटीका सचिव काङ बोङ-हुन पनि रहेका खुलेको छ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ५ : १० बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं