सरकारले पलेशालाई ६५ लाख नगद पुरस्कारसहित सम्मान गर्ने « Khabarhub

सरकारले पलेशालाई ६५ लाख नगद पुरस्कारसहित सम्मान गर्ने


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई नेपाल सरकारले ६५ लाख रुपियाँ पुरस्कार दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ पलेशलाई उक्त रकम पुरस्कार स्वरुप उपलब्ध गराउने घोषणा गरेका हुन् । ओलीले पलेशलाई प्रदान गरिने पुरस्कार रकममा कर छुट गरिने उल्लेख गरेका छन् ।

२१ वर्षीया पलेशाले ओलम्पिकमा कांस्य पदक जिते वापत राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा उल्लेख भएअनुसारको नगद पुरस्कार पाउने पक्का भएको हो ।

फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिकमा पलेशाले के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले हराउँदै कांस्य जितेकी थिइन् । यो ओलम्पिकमा कुनै पनि नेपाली खेलाडीले जितेको पहिलो ऐतिहासिक पदक हो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : ४४ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको