सरकारले पलेशालाई ६५ लाख नगद पुरस्कारसहित सम्मान गर्ने « Khabarhub

सरकारले पलेशालाई ६५ लाख नगद पुरस्कारसहित सम्मान गर्ने


१९ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई नेपाल सरकारले ६५ लाख रुपियाँ पुरस्कार दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ पलेशलाई उक्त रकम पुरस्कार स्वरुप उपलब्ध गराउने घोषणा गरेका हुन् । ओलीले पलेशलाई प्रदान गरिने पुरस्कार रकममा कर छुट गरिने उल्लेख गरेका छन् ।

२१ वर्षीया पलेशाले ओलम्पिकमा कांस्य पदक जिते वापत राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा उल्लेख भएअनुसारको नगद पुरस्कार पाउने पक्का भएको हो ।

फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिकमा पलेशाले के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले हराउँदै कांस्य जितेकी थिइन् । यो ओलम्पिकमा कुनै पनि नेपाली खेलाडीले जितेको पहिलो ऐतिहासिक पदक हो ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ८ : ४४ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको