नेताहरू बिग्रिएको भन्दै एमाले बैठकमा ओलीले दिए विकल्प- राजनीति र मोजमस्ती दुवै हुँदैन, एउटा रोज्नू « Khabarhub

नेताहरू बिग्रिएको भन्दै एमाले बैठकमा ओलीले दिए विकल्प- राजनीति र मोजमस्ती दुवै हुँदैन, एउटा रोज्नू


१९ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनुशासनहीन कृयाकलाप बढ्दै गएको भन्दै आक्रोश पोखेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा ओलीले नेता कार्यकर्ताहरूलाई कि राजनीति रोज्न कि त मोजमस्ती रोज्न भनेका छन् ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले यसअघिको ‘समृद्ध नेपाल र सुखी नेपालीको’ आकांक्षासहित एमाले अघि बढेको बताएका थिए ।

एमाले स्वतन्त्रतापूर्वक निर्णय गर्न सक्ने निर्णायक शक्ति भएको ओलीले स्पष्ट पारेको पनि गौतमले बताए ।

तर ओलीले पार्टीभित्र अराजकता बढेको भन्दै आक्रोश पोखेका थिए । उनले पार्टीभित्र नेताहरू नैतिकहीन,गतिहीन र चरित्रहीन भए भन्ने कुरा उठेका बताएका थिए ।

गौतमकाअनुसार त्यसमा ओलीले एमाले कुनै सम्झौता नहुने कुरा स्पष्ट शब्दमा राखेका थिए । ‘उहाँ (अध्यक्ष ओली) ले राजनीति र इनज्वय दुवै गर्न पाइँदैन, कि राजनीति गर कि इनज्वय गर भनेर भन्नुभयो’, गौतमले बैठकपछि पत्रकारहरूलाई भने ।

 

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ९ : २१ बजे

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार