क्युबाका कार्यवहाक राजदूतले भेटे नेकपा महासचिव विप्लवलाई « Khabarhub

क्युबाका कार्यवहाक राजदूतले भेटे नेकपा महासचिव विप्लवलाई


१९ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)सँग नेपालका लागि क्युबाका कार्यवाहक राजदूत अबेल अबेलाले बुधवार भेटवार्ता गरेका छन् ।

भेटमा महासचिव विप्लवले क्युबाका कार्यवाहक राजदूत अबेलासँग साम्राज्यवादविरुद्ध क्युबाली जनताको सङ्घर्षप्रति ऐक्यबद्धता जनाए ।

भेटवार्ताका क्रममा नेपाली क्रान्तिका लागि दुई देशबीच महत्त्वपूर्ण समन्वय र साझेदारी आवश्यक रहेकोबारे दुईजनाले चर्चा गरेका थिए ।

भेटमा क्युबाको शिक्षा र राजनीतिलाई नेपाली मौलिकतामा उतारेर अगाडि बढ्नु आवश्यक रहेकोबारे कुरा भएको थियो ।

त्यसमा आफूहरू सकारात्मक रहेको विप्लवले बताएको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।

भेटमा नेकपाका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर केसी, नेकपाका केन्द्रीय सदस्य प्रकाश शाही लगायत सहभागी थिए ।

क्युबा चर्चित कम्युनिष्ट नेताहरू चे ग्वेभारा, फिडेल क्यास्ट्रो र राउल क्यास्ट्रोले क्रान्ति गरेको एक देश हो । जसले अहिले पनि अमेरिकासँग संघर्ष गरिरहेको छ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ९ : ३३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया