एकमहिने गुँला पर्व सम्पन्न « Khabarhub

एकमहिने गुँला पर्व सम्पन्न


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म नेवार समुदायले एक महिनासम्म मनाएको गुँला पर्व आजदेखि सम्पन्न भएको छ ।

विशेषगरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवान्को भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरी एक महिनासम्म मनाइएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । गत साउन २२ गतेदेखि सुरु भएको यस पर्व विभिन्न स्थानीय बौद्ध चैत्यको परिक्रमा गरी सम्पन्न भएको हो ।

बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेको स्थानीय संस्कृतकर्मी रामशेखर शाक्यले बताए । हरेक दिन दुईदेखि तीन सय धर्मावलम्बीको सहभागिता रहने गुँला बाजाले प्रत्येक दिन नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ मनाएको उनले बताए ।

यो पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिने, एक महिनासम्म व्रतालुले नुन नखाई एक छाकमात्र खाने र पर्व अवधिभर बिहान बेलुका पूजाअर्चना गर्ने प्रचलन रहेको छ ।

दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर श्लोक मन्त्रोचारण गरेर मठ, मन्दिर, चैत्य, विहार परिक्रमा गर्ने गरिन्छ । गुँला पर्व भक्तपुर, काठमाडौँ, ललितपुर, कीर्तिपुर, मध्यपुर थिमिमा पनि यस्तै प्रक्रियाबाट मनाउने परम्परा छ ।

यस पर्वमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिएको थियो । यो पर्वमा राँगा, भेडाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ बाजा बजाएर परिक्रमा गर्ने प्रचलन छ ।

भक्तपुर र मध्यपुरथिमिमा पनि यो पर्व विभिन्न बहाः बहि, चैतयलगायतको परिक्रमा गरी मनाएका छन् । काठमाडौँवासीले स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्ने, ललितपुरवासीले पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मञ्जुश्री, गोल्डेन टेम्पललगायत पाटनका विभिन्न विहाररमहाविहारमा पूजा गर्न गर्ने गर्दछन् ।

कतिपय ठाउँमा गुँला पर्वमा बजाउने बाजागाजामा आर्थिक अभाव र जनशक्ति अभावका कारण कपाली समुदायले बजाउने म्वाली बाजाबिना नै गुँला पर्व मनाउने गरिएको छ । गुरु बज्राचार्यले यो पर्वमा एक महिनासम्म दशशीलको पालना गर्नुपर्ने बताउँछन् ।

त्यो नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले पञ्चशील पालना गर्नुपर्ने भन्दै यो अवधीमा कम्तीमा पनि प्राणी हिंसा नगर्ने, कसैले नदिइ केही पनि नलिने, नराम्रो काम गर्ने, झुठो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने, परस्त्री सम्पर्क नगर्ने बताउँछन् । सकेसम्म अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभुषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने सके दशशील नै पालना हुने उनले बताए ।

स्थानीयले महिलाले नेवारी पोशाक लगाएर परिक्रमा गर्ने प्रचलन छ । स्थानीयले बौद्ध चैत्यसँगै इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवीदेवताको परिक्रमा गर्ने प्रचलन बढेको छ । पर्व अवधीभर माछा, मासु, जाँड, रक्सी र गुन्द्रुक खान नहुने नियम छ । एक महिनासम्म बिहानैदेखि मध्यपुरथिमि, भक्तपुरका विभिन्न चैत्यमा नौ बाजा बजाएर गुलाँ पर्व सम्पन्न गरिएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  १० : ०९ बजे

ओली-लेखक पक्राउबारे रवि : यो प्रतिशोध होइन, शहीदकी आमाले न्याय पाउनु पर्छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका

दलित समुदायसँग रविले मागे माफी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायसँग सार्वजनिक

पक्राउ परे व्यवसायी दीपक भट्ट

काठमाडौं- प्रहरीले व्यवसायी दीपक भट्टलाई बिहीबार दिउँसो पक्राउ गरेको छ।

रविले भने : कसैमाथि प्रतिशोध हुने छैन, प्रश्न गर्दैमा माइक काटिने छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई सिंहदरबारमा

राष्ट्रिय सभाको २०औँ अधिवेशन सुरू

काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु भएको छ ।