आज २०८१ साल असोज १८ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज १८ गते शुक्रबारको राशिफल


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज १८ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर ४ तारिख। असोज शुक्ल पक्षको द्वितीया तिथि। विश्व पशु दिवस। विश्व मुस्कान दिवस। नवरात्रको दोस्रो दिन आज ब्रम्हचारिणी देवीको आरधना गरिन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : न्यायको पर्खाइ भए न्याय मिल्नेछ। हरेक काममा अवरोध देखिने जोखिम छ। सचेत भएर काम गर्नु राम्रो हुनेछ। वैदेशिक रमझमले मन तान्नेछ। दिन रमाइलो बन्नेछ।

वृष : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको तर्फबाट शान्ति मिल्नेछ। राजनीतिक संगठनमा राम्रो अवसर मिल्नेछ। विपक्षी समूह कमजोर छन्। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ।

मिथुन : आफ्नै कारणले आफूलाई घाटा हुने काम गर्दै हुनुहुन्छ। बन्धुको साथ लिएर अगाडि बढ्दा राम्रो हुनेछ। विद्याको क्षेत्रमा शुभ ग्रह बसेकाले नयाँनयाँ योजना बन्नेछन्। सामाजिक र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

कर्कट : शुभग्रहको बहुमत भएकाले बन्धुले साथ दिनेछन्। अचानक रोगले सताउने देखिन्छ। खानपानमा विषेश ख्याल गर्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारले तपाईंलाई राम्रो साथ दिनेछन्।

सिंह : धनलक्ष्मी योग परेकाले रोकिएको सम्पत्ति हात लाग्नेछ। तपाईंले गुम्यो भनेर छोड्नुभएको धन प्रापत हुनेछ। साथी र बन्धुसँग रमाइलो भेट हुनेछ। नवदुर्गाको नाम र गुणगान सुन्न सके दिन शान्त बन्नेछ।

कन्या : राजनीतिक पहुँच राम्रो बनेको छ। यो क्षेत्रमा आज ठुलो काम बन्ने योग छ। साथीभाइलाई भड्काएर आफ्नो काम गर्नु राम्रो हुनेछ। शिक्षामा भइरहेको कम मेहनतले पश्चाताप बढ्नेछ। भूमिको कारोबारले दिन सहज बन्नेछ।

तुला : खर्च बढ्ने योग छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। कलाको प्रशंसा हुने हुँदा मन शान्त बन्नेछ। विद्याको क्षेत्रमा झुकाब बढ्नेछ। मत शान्त बन्नेछ। परिवारसँग यात्राको अवसर मिल्नेछ।

वृश्चिक : सम्पत्तिको जोहो गर्ने दिन छ। अढैया शनिदेवका लागि बिहान उठेर गणेशको सम्झना गरेमा दिन सहज बन्नेछ। पवरिवारको साथमा बसेर मिठो खान पाइनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : भाग्यको स्थानमा शुभग्रह छन्। मनमा शान्ति र उमंग बढ्नेछ। कानुनी बाधा भए आजबाट न्याय मिल्ने योग छ। समाजसेवामा समय बढी दिनाले परिवारमा संकट आइपर्न सक्छ।

मकर : सरस्वतीले तपाईंको मुखमा बास गरेकाले शब्द प्रयोगमा सचेत भए दिन उत्कृष्ट बन्नेछ। खर्च बढे पनि भविष्यमा तपाईंको नाम रहनेछ। परिवारमा भने सुख र शान्ति मिल्नेछ।

कुम्भ : साढेसाती दशाको मध्यभागमा तपाईं रहेकाले मन अशान्त बन्नेछ। सोचेको काम नबन्ने जोखिम हुन्छ। परिवारमा खटपटी बढ्नसक्ने खतरा देखिन्छ। बिहान उठेर देवीको चिन्तन गरेमा दिन सहज बन्नेछ।

मीन : आज तपाईंलाई पेट सम्बन्धी समस्या हुनसक्छ। परिवारको तर्फबाट तपाईंलाई साथ मिल्नेछ। राजनीतिक संगठनमा हात लगाएको भए नाम र दाम दुवै प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ५ : ०२ बजे

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले