इजरायलको आक्रमणमा १३ सय बढीको मृत्यु : लेबनानबाट सयौं प्रक्षेपण « Khabarhub

इजरायलको आक्रमणमा १३ सय बढीको मृत्यु : लेबनानबाट सयौं प्रक्षेपण


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

लेबनान – लेबनानको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो तीन सातामा इजरायलको आक्रमणबाट १३ सय भन्दा बढीको मृत्यु भइसकेको छ।

बिहीबार लेबनानले इजरायलमा गरेको आक्रमणमा परेर ३७ जनाको ज्यान गएको छ। १५१ जना घाइते भएका छन्। इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले हिजबुल्लाहलाई लक्षित गर्दै बेरुत बेका उपत्यका र दक्षिणी लेबनानमा एकै पटक आक्रमण गरेको छ। इजरायली सेनाले जनाए अनुसार नै बिहीबार लेबनानबाट पनि इजरायलमा सय प्रक्षेपण गरिएको थियो।

आइडिएफले रातभरिमा हिजबुल्लाहका दुई सय वटा निसाना बनाएको जनाएको छ। यसरी निसाना बनाइएका स्थानमा भौतिक संरचना, हतियार राख्ने र निरीक्षण पोस्ट रहेका छन्। हिजबुल्लाहको इन्टलिजेन्स हेडक्वार्टरमा पनि बिहीबार आक्रमण भएको छ।

तस्बिरः गेट्टी इमेज

इजरायलले बिहीबार थप २५ गाउँका बासिन्दालाई घर छाड्न भनेको छ। यसरी इजरायलले जमिनमा आक्रमण गर्नु पूर्व दिएको सूचनाको आधारमा घर खाली गराइएका गाउँको सङ्ख्या ७६ पुगीसकेको छ। अमेरिकी विदेश विभागले योक्रम कहिले अन्त्य हुन्छ निश्चित नभएको जनाएको छ।

लेबनान मात्र होइन, वेस्ट बैंकमा पनि इजरायलको आक्रमण जारी छ। टुल्केरामको आप्रवासी शिविरमा १८ जना मारिएका छन्। इजरायलले हिजबुल्लाहका शीर्ष नेतालाई निसाना बनाउने कामलाई रोकेको छैन। हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको सम्भाव्य उत्तराधिकारीको रूपमा हेरिएका हसिम सफेडाइनलाई निसाना बनाएर आक्रमण गरेको छ।

अहिले इजरायलले लेबनानको स्वास्थ्य क्षेत्रमा भएको आक्रमण र अन्तर्राष्ट्रिय मानव अधिकारको उल्लङ्घनको विषय उठ्न थालेको छ। बिहीबार बेरुतको हेल्थ क्लिनिक भएको आक्रमणमा ९ जनाको ज्यान गएको थियो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले यसको विषयमा अहिले नै केही भन्न नसकिने बताएका छन्। स्वास्थ्य क्षेत्रमा आक्रमण गर्दै अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको उल्लङ्घनका घटना एकातर्फ भएका छन् भने अर्कोतर्फ स्वास्थ्य केन्द्रलाई सैन्य शक्तिले सुरक्षित स्थानको रूपमा प्रयोग गर्नेक्रम पनि त्यत्तिकै छ। गाजाको अस्पतालको भवनको मुनी नै हमासले आफूहरू लुक्ने बङ्कर बनाएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : ४६ बजे

प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच

काठमाडौँ– काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय एक दिनको अवधिमा एक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

म्याग्दी– मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा सडक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली

कोशी टापु आरक्षणमा जंगली अर्ना (तस्बिरहरू)

काठमाडौँ– कोशी टापु वन्यजन्तु आरक्षण नेपालको तराई क्षेत्रमा फैलिएको एउटा