नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको श्री बरख गणले सप्तरीको दक्षिणी सीमावर्ती बलानबिहुल गाउपालिका नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पालिकाको वडा नं.१ स्थित मल्हनियाँमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि सर्वसाधारणहरूलाई सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।

गत साताको अविरल वर्षाको कारण उक्त पालिकाका केही स्थानहरू समेत डुबान तथा कटानबाट प्रभावित भएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बहिरङ्ग सेवा, दन्त उपचार सेवा, आँखा जाँच सेवाका साथै प्रयोगशाला परिक्षण सेवा समेत प्रदान गरिएको गणका गणपति प्रमुख सेनानी रमेश पाण्डेले जानकारी दिए । 

पाण्डेले आफ्नो निजी पहलमा नजिक आँखा नदेख्ने समस्या पहिचान भएका तीन सय जना बिरामीहरूलाई निःशुल्क चस्मा वितरण गरेका थिए ।

स्वास्थ्य शिविरमा उक्त गणका अतिरिक्त राजविराज स्थित छिन्नमस्ता अस्पताल, श्री नं. २७ फि.ए. गुल्म तथा बालानबिहुल गाउँपालिकाको स्वास्थ्य शाखाका मेडिकल जनशक्तिले पाँच सय जनालाई सेवा दिएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : १२ बजे

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका

डीएनए परीक्षण किट र एक करोड रुपैयाँ सरकारलाई हस्तान्तरण

काठमाडौं– बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका अध्यक्ष कुल

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर– झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा