नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको श्री बरख गणले सप्तरीको दक्षिणी सीमावर्ती बलानबिहुल गाउपालिका नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पालिकाको वडा नं.१ स्थित मल्हनियाँमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि सर्वसाधारणहरूलाई सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।

गत साताको अविरल वर्षाको कारण उक्त पालिकाका केही स्थानहरू समेत डुबान तथा कटानबाट प्रभावित भएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बहिरङ्ग सेवा, दन्त उपचार सेवा, आँखा जाँच सेवाका साथै प्रयोगशाला परिक्षण सेवा समेत प्रदान गरिएको गणका गणपति प्रमुख सेनानी रमेश पाण्डेले जानकारी दिए । 

पाण्डेले आफ्नो निजी पहलमा नजिक आँखा नदेख्ने समस्या पहिचान भएका तीन सय जना बिरामीहरूलाई निःशुल्क चस्मा वितरण गरेका थिए ।

स्वास्थ्य शिविरमा उक्त गणका अतिरिक्त राजविराज स्थित छिन्नमस्ता अस्पताल, श्री नं. २७ फि.ए. गुल्म तथा बालानबिहुल गाउँपालिकाको स्वास्थ्य शाखाका मेडिकल जनशक्तिले पाँच सय जनालाई सेवा दिएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : १२ बजे

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्

पुलको पहुँचमार्ग बन्यो : १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

बागलुङ– पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ

कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री