तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै « Khabarhub

तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दमौली– सडक निर्माण भएको २५ वर्षपछि भिमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको हो । 

गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले उक्त पुलको बिहीबार शिलान्यास गरे । भौतिक पूर्वाधार विकास मन्त्रालयको सात करोड ७३ लाख ६४ हजार तीन सय ८२ को लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुलका लागि चालु आर्थिक वर्षमा रु दुई करोड १६ लाख ५६ हजार विनियोजन भएको छ । 

उक्त मन्त्रालयका अनुसार ७४.२० मिटर लामो आगामी २०८३ असार ९ गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ ।  

यसैबीच, व्यास नगरपालिका–३ मा सात वर्षदेखि अलपत्र तत्कालीन महिला विकास तथा बालबालिका कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । 

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले भवन बनाउन रु ६५ लाख विनियोजन गरेको सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले जानकारी दिए। 

सङ्घीय सरकार मन्त्रिपरिषद् बैठकले उक्त भवन गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबीच भएको सम्झौताबमोजिम उक्त भवनको हकभोग अधिकार प्रदेश सरकारमा आएको थियो । 

प्रदेश सरकारले सामाजिक विकास कार्यालयको  भवन नभएकाले सो भवन उक्त कार्यालयलाई हस्तान्तर गरिने छ । 

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : ३३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल