महिला भलिबल लिगमा आज अन्तिम चरणका खेल हुँदै | Khabarhub Khabarhub

महिला भलिबल लिगमा आज अन्तिम चरणका खेल हुँदै


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत आज लिग चरणका अन्तिम खेल हुँदै छन् ।

लिगमा ४-४ खेल सम्पन्न हुँदा कर्णाली यशविस शिर्ष स्थानमा रहेको छ । कर्णाली ४ खेलमा अपराजित रहँदै १० अंक हासिल गरेको छ । त्यस्तै काठमाडौँ स्पाइकर्स ४ खेलमा ३ जित र एक हारसहितअंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी चितवन शक्ति ४ खेलमा २ जित र २ हारसहितअंक हासिल गर्दै तेस्रो र ललितपुर क्वीन्स ४ खेलमा २ जित र २ हारसहितअंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।

त्यस्तै फाइनलको दौडबाट बाहिरिएको गण्डकी थण्डर्सको ४ खेलमा एक जित र ३ हारसहित केवल ३ अंक छ भने मधेश युनाइटेडले ४ खेलमा सबै खेलमा हार बेहोरेर अंकविहिन रहेको छ ।

अब आज लिग चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको कर्णाली र दोस्रो स्थानमा रहेको काठमाडौँ भिड्दै छन् । यो खेलको विजेता फाइनलमा पुग्ने निश्चित छ । यो खेल राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

त्यसैगरी तेस्रो स्थानमा रहेको ललितपुर क्वीन्स र चौथो स्थानमा रहेको चितवन शक्तिबीच आजको पहिलो खेल हुँदै छ । यो खेल अपराहन्न ३:४५ बजेदेखि शुरु हुँदै छ ।

त्यसैगरी आजको दोस्रो खेल मधेश युनाइटेड र गण्डकी थण्डर्सबीच हुँदै छ । यो खेल अपरान्ह ५: ४५ बजेदेखि शुरु हुने छ । दुवै फाइनलको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले फाइनलको समीकरणमा कुनै असर गर्ने छैन ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : ०३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग