‘दलित समुदायको पुर्ख्यौली पेशालाई आधुनिकीकारण गरौँ’  « Khabarhub

‘दलित समुदायको पुर्ख्यौली पेशालाई आधुनिकीकारण गरौँ’ 


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – दलित समुदायका अगुवाहरूले संविधानप्रदत्त अधिकारबाट आफूहरू वञ्चित भएको गुनासो गर्दै त्यसको कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । 

शुक्लाफाँटा नगरपालिका–१० झलारीमा राष्ट्रिय हलिया मुक्ति समाजले बिहीबार आयोजना गरेको एक कार्यक्रममा उनीहरूले उक्त अधिकार कार्यान्वयनका निम्ति सरकारलाई दबाब दिनुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले दलित समुदायलाई सशक्तीकरण गर्न योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिने बताए । मन्त्रालयका तर्फबाट दलित लक्षित कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

पूर्वमन्त्री विशेन्द्र पासवानले समानुपातिक व्यवस्था सुनिश्चित नभएसम्म दलितहरू विभेदमुक्त नहुने बताए । संविधानसभा सदस्य हरि श्रीपाइलीले हरेक निकायमा दलित समुदायको प्रतिनिधित्व हुनुपर्छ भने।

सुदूरपश्चिम योजना आयोगका उपाध्यक्ष गणेश विकले संविधानले गरेका व्यवस्थालाई कार्यान्वयन गर्न निरन्तर पैरवी गर्नुपर्नेमा जोड दिए। 

राष्ट्रिय हलिया मुक्ति समाजका अध्यक्ष सिवी लुहारले संविधान प्रदत्त अधिकार कार्यान्वयन नहुँदा दलित समुदाय सुरक्षित आवास, रोजगार, स्वास्थ्य, शिक्षाबाट वञ्चित भएको बताए। 

मिजार समाजका सुदूरपश्चिम अध्यक्ष राजुराम भूलले संविधानतः दलित समुदायको पुर्ख्यौली व्यवसायलाई आधुनिकीकारण गरी रोजगारी सृजना गरिनुपर्ने बताए। कार्यक्रममा दलित अधिकारकर्मी, सङ्घसंस्थाका प्रतिनिधि, दलित अगुवालगायत सहभागी थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १० : ५९ बजे

दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२

हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी

एजेन्सी– इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता

न्यायाधीश श्रेष्ठको दिल्लीमा उपचार हुँदै

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित राजीव

मानव अधिकार संरक्षणको सुनिश्चित घरबाटै सुरुआत हुनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षण गर्न

सभामुखलाई हर्कले भने- प्रधानमन्त्री ल्याउनुस्, नत्र मलाई निकाल्नुस्

काठमाठौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठक बहिष्कार