तस्बिर : सीएनएन

अन्तर्राष्ट्रिय

उत्तरी थाइल्याण्डमा बाढीमा फसेका सय भन्दा बढी हात्तीको उद्धार

By खबरहब

October 04, 2024

काठमाडौं- उत्तरी थाइल्याण्डमा भएको भीषण वर्षापछि आएको बाढीले प्रभावित भएका सय भन्दा बढी हात्तीको उद्धार गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार  इलेफेन्ट नेचर पार्कमा रहेका १०० भन्दा बढी हात्ती बढीमा डुबेका थिए । उनीहरूलाई बाढीबाट उद्धार गरेर उच्च भागमा लागिएको स्थानीय मिडियामा उल्लेख गरिएको छ ।

यस पार्कमा पहिलो पटक बाढीको यस्तो अनुभव गरिएको पार्कका अधिकारीहरूले बताएका छन् । सो क्षेत्रबाट हात्ती सहित पाँच हजारभन्दा बढी जनावरको उद्धार गरिएको छ ।

थाइल्याण्डमा हात्तीको सङ्ख्या ३ देखि ४ हजार भएको बताइएको छ । यो सङ्ख्या सन् २००० भन्दा अगाडि १० हजारको आसपासमा रहेको थियो ।