सिन्धुलीमा माइक्रोबस दुर्घटना, चालकसहित १५ जना घाइते « Khabarhub

सिन्धुलीमा माइक्रोबस दुर्घटना, चालकसहित १५ जना घाइते


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- काठमाडौंबाट विराटनगरका लागि छुटेको एउटा माइक्रोबस सिन्धुलीका माइक्रोबस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन्।

काठमाडौंबाट विराटनगर हिँडेको बा५ख६६१८ नम्बरको माइक्रोबस बीपी राजमार्गको कमलामाई नगरपालिका-८ सिस्नेरीमा दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका हुन् ।

माइक्रोबस अनियन्त्रित भई नालीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । उनका अनुसार घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार हुँदैछ ।

दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका -९ का अनुज सुन्दास, सुन्दरहरैँचा -१९ का प्रकाश उप्रेती, सुनसरीको इटहरी उपमहानगरपालिका -१९ का सिशम घिमिरे, झापाको बिर्तामोड नगरपालिका- ५ का समीर तामाङ, इटहरी उपमहानगरपालिका- ६ की विजया तिमल्सिना, मोरङको लेटाङ नगरपालिका- ६ का गोपाल नेपाली र मोरङकै लोटाङ -१ का दिपेश राई घाइते भएका छन ।

यस्तै मोरङको मधुमल्ला गाउँपालिका -९ का बम बहादुर खड्का र नेत्र बहादुर खड्का पनि घाइते भएका छन् ।

पाँचथर याङ्वरक गाउँपालिका- ४ का बिक्रम सुन्दास र सुजन सुन्दास, धनकुटाको मदलक्ष्मी नगरपालिका- १ का गोरख बुढाथोकी, मोरङको सुन्दरहरैँचा नरपालिका- १ का उपेन्द्र खतिवडा, विराटनगर महानगरपालिका-८ का अतुल कटुवाल र तेह्रथुम छत्तर गाउँपालिका -६ का तिरबहादुर लिम्बु घाइते भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १ : १७ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्