‘विपत् र चाडपर्व एकसाथ आउँदा जहाजमा यात्रुको चाप बढ्यो’ « Khabarhub

‘विपत् र चाडपर्व एकसाथ आउँदा जहाजमा यात्रुको चाप बढ्यो’


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संस्कृति पयर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाड सँगै आएका कारण हवाईजहाजमा चाप बढेको बताएका छन् ।

शुक्रबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यसो भनेका हुन् ।

‘विपत् र चाडहरू एकसाथ आएका कारण जहाजतर्फ चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने कुरामा निरन्तर काम गरिरहेका छौँ’, उनले भने ।

मन्त्री पाण्डेले यात्रुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको पनि बताएका छन् ।

पर्यटन मन्त्रालयसम्बद्ध संस्कृति,पर्यटन र हवाई नीति परिमार्जनका क्रममा रहेको बताउँदै ऐन नियम बनाएर सुदृढीकरण गर्ने जानकारी दिए ।

मन्त्री पाण्डेले ट्रेड युनियन लगायतका संघ,संस्थाले सत्यतथ्य कुरा मात्रै पस्किनु पर्नेमा जोड दिए । नेपालको हवाई आकाश सुरक्षित रहेको सन्देश दिनसमेत आग्रह गरे ।

मन्त्री पाण्डेले शुक्रबार नै त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा यातायातसम्बन्ध पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

उनले त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल टावरकोसमेत अवलोकन गरे ।

 

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  २ : १० बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा