इजरायलविरुद्ध इरानी सर्वोच्च नेताले खेले धर्मको कार्ड, मुस्लिमहरूलाई एकजुट हुन अपिल « Khabarhub

इजरायलविरुद्ध इरानी सर्वोच्च नेताले खेले धर्मको कार्ड, मुस्लिमहरूलाई एकजुट हुन अपिल


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

तेहरान- हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई इजरायलले हत्या गरेपछि मध्यपूर्वको तनाव चुलिँदो छ ।

इजरायलले हमास र हिजबुल्लाह दुवैविरुद्ध युद्ध छडेपछि इरानका सर्वोच्च नेता अली खामेनेईले तेहरानमा जुमेको नमाजका क्रममा सम्बोधन गरेका छन् ।

५ वर्षपछि पहिलो पटक सार्वजनिक रुपमा सम्बोधनका क्रममा उनले पूरा विश्वका मुसलमानहरू अब एकजुट हुने समया आएको बताए ।

उनले सम्बोधनका क्रममा मुसलमानहरूले दुश्मनसँग सावधान रहनुपर्ने बताए । उनको यो भनाइ इजरायल र उसलाई सघाइरहेको अमेरिकालक्षित थियो ।

उनले मुस्लिम विरोधीहरू विनाशको शासनमा रमाइरहेको बताउँदै मुस्लिमहरू एक ठाउँमा उभिन सकेमा अल्लाह पनि प्रसन्न हुने उल्लेख गरे ।

इरानका सर्वोच्च नेताले आफ्नो सम्बोधनका क्रममा इजरायल र अमेरिकाविरुद्ध धार्मिक कार्ड खेलेका हुन् ।

तेहरानस्थित जुमेको नमाजका क्रममा सम्बोधन गर्दै उनले दुश्मनहरू मुस्लिम देशको पछाडि लागेको पनि बताए । उनले आफ्नो जमिनको रक्षमा डटेर लाग्नुपर्ने पनि बताए । खामेनेईले अफगानिस्तानदेखि लिएर लेबनानसम्म सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

उनले धार्मिक कार्ड खेल्दै मुसलमानहरू अल्लाहले देखाएको बाटोमा अघि बढ्नु जरुरी रहेको पनि बताए । कुरानले पनि मुस्लिमहरू एकसाथ रहनुपर्ने भनेको उनले स्मरण गराए ।

इजराइलसँग युद्धबीच खामेनेईले पूरा संसारका मुस्लिम एक हुन सके कसैले छुन नसक्ने पनि जिकिर गरे।

यसैबीच शुक्रबार नै हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई अन्त्येष्टि गरिँदैछ । त्यसअघि तेहरान (ग्रान्ड मस्जिद) मा नसरल्लाहका लागि जुमेको नमाज वाचन गरिँदैछ । यसमा खामेनेई पनि सहभागी भएका हुन् । त्यसपछि उनले सम्बोधन गरेका छन् ।

इजरायली सेनाले नागरिकलाई दक्षिण लेबनानका ३७ गाउँ खाली गर्न उर्दी जारी गरेको छ । उत्तरतर्फ इजरायलको आक्रमण जारी छ । इरानले मिसाइल हानेपछि इजरायल लगातार लेबनानमा आक्रमण बढाइरहेको छ । इजरायलले हिजबुल्लाहका सदस्यलाई समाप्त पार्ने बताएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  २ : ४९ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १