दक्षिणी लेबनानका ३० भन्दा बढी क्षेत्र खाली गर्न इजरायली सेनाको आग्रह  « Khabarhub

दक्षिणी लेबनानका ३० भन्दा बढी क्षेत्र खाली गर्न इजरायली सेनाको आग्रह 


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले दक्षिणी लेबनानका ३० भन्दा बढी गाउँका मानिसहरूलाई तुरुन्तै आफ्नो घर छाड्न आग्रह गरेको छ ।

इजरायली सेनाका प्रवक्ताले मानिसहरूलाई तुरुन्तै आफ्नो घर छोडेर अवाली नदीको उत्तरतर्फ जान आग्रह गरेका हुन् ।

इजरायली सेनाका प्रवक्ता अविचाइ एन्ड्राईले सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा हिजबुल्लाहको स्थापना र हतियार नजिक भएका सबैको जीवनलाई खतरामा पारेको छ ।  दक्षिणतर्फको कुनै पनि गतिविधिले सबैको जीवनलाई खतरामा पार्न सक्ने बताएका छन् ।

यसअघि लेबनानको सरकारी समाचार एजेन्सीले इरानका विदेशमन्त्री बेरुत पुग्ने बताएको थियो । लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले इरानी विदेशमन्त्री अब्बास अराक्चीलाई लिएर इरानी विमान रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जनाएको थियो । न्यूजकारखानाबाट साभार

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ३ : ५३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार