इजरायली आक्रमणको डरले हिजबुल्लाह प्रमुखको गोप्य रुपमा अन्त्येष्टि « Khabarhub

इजरायली आक्रमणको डरले हिजबुल्लाह प्रमुखको गोप्य रुपमा अन्त्येष्टि


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

बेरुत- लेबनानी लडाकू समूह हिजबुल्लाका प्रमुख हसन नसरल्लाहको शवलाई अस्थायी रूपमा गाडिएको छ ।

इजरायलले ठूलो अन्त्येष्टि कार्यक्रमलाई लक्षित गरी आक्रमण गर्ने डरले गोप्य स्थानमा उनको शव अस्थायी रूपमा गाडिएको हो ।

‘परिस्थितिले सार्वजनिक अन्त्येष्टिको अनुमति नदिएसम्म हसन नसरल्लाहलाई अस्थायी रूपमा गाडिएको छ’, गत साता इजरायली आक्रमणमा नसरल्लाहबारे लडाकु समूहका सदस्यले भने ।

‘इजरायली धम्कीले शोक मनाउनेहरू र उनलाई गाडिएको स्थललाई लक्षित गर्ने डर’ का कारण सार्वजनिक अन्त्येष्टि गर्न असम्भव भएको हो।

सिया मुस्लिम रीतिअनुसार उचित अन्त्येष्टि गर्न परिस्थितिले नदिँदा वा मृतकलाई उनीहरूले चाहेको स्थानमा गाड्न नसकिँदा अस्थायी रूपमा गाड्ने व्यवस्था छ ।

हिजबुल्लाहले शीर्ष लेबनानी अधिकारीहरूमार्फत इजरायलको प्रमुख सहयोगी अमेरिकाबाट इजरायलले सार्वजनिक अन्त्येष्टिलाई लक्षित नगर्ने ‘ग्यारेन्टी’ प्राप्त गर्न खोजेको थियो । तर उक्त कार्यमा असफल भएपछि गोप्य रुपमा गाडिएको एक लेबनानी अधिकारीले बताए ।

हिजबुल्लाहमाथि इजरायलको तीव्र बमबारीबीच सेप्टेम्बर २७ मा समूहको दक्षिणी बेरुत गढमा भएको ठूलो आक्रमणमा नसरल्लाहसहित इरानी रिभोल्युसनरी गार्डका एक जनरल मारिएका थिए ।

इजरायलले इरान समर्थित हिजबुल्लाहका करिब २० सदस्यलाई मारेको बताएको थियो ।

नसरल्लाह मारिएको एक सातापछि पनि उनको उत्तराधिकारी तय गरिएको छैन । सम्भावित उत्तराधिकारीका रूपमा हेरिएका प्रमुख हिजबुल्लाह व्यक्ति उनका भाइ हाशेम सफिएद्दिन हालै दक्षिणी बेरुतमा भएको इजरायली हवाई आक्रमणको निशानामा परेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ४ : २८ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले