बाढीपहिरो प्रभावित पालिकालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सिफारिस « Khabarhub

बाढीपहिरो प्रभावित पालिकालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सिफारिस


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय पालिकाहरूलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले काभ्रे, मकवानपुर, सिन्धुली, रामेछाप लगायतका बाढीपहिरोबाट बढी प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा बाढीपहिरोबाट बढी क्षतिग्रस्त भएका जिल्लालाई संकटग्रस्त क्षेत्र गर्ने विषयमा छलफल भए पनि प्रभावित स्थानीय तहलाई नै संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त प्रमुख बसन्त अधिकारीले जानकारी दिए ।

बैठकमा पछिल्लो साता परेको भारी वर्षा र त्यसले पुर्‍याएको क्षतिबारे समीक्षा गर्दै राजमार्गमा देखिएका समस्या समाधानका लागि छलफल भएको थियो । हालैको बाढीपहिरोबाट २३९ जनाको मृत्यु, १६९ जना घाइते र १८ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ५ : ५७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल