मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड « Khabarhub

मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) द्वारा आज आयोजित फोहर पानी निगरानी प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री यादवले जतिसक्दो छिटो वैकल्पिक स्रोतका रूपमा रहेको सिस्नेरी खानेपानी आयोजना सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा ललितपुरमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन र अन्य आवश्यक प्रक्रियाहरू पूरा गर्नुहोस् ।’

जिटुजी कार्यक्रमअन्तर्गत सिस्नेरी खानेपानी आयोजनाको कार्यान्वयनका लागि सम्भावनाको पहिचान गर्न पनि मन्त्री यादवले निर्देशन दिए । शुद्ध पानी पिउन पाउने जनताको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले फोहोर पानीसँग सम्बन्धित प्रयोगशालालाई आवश्यक जनशक्ति र उपकरणसहित प्रभावकारी र सुदृढ बनाउनुपर्ने धारणा राखे ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख एवम् कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले प्रयोगशाला सञ्चालनमा आएको जानकारी दिए ।

यसैबीच, यसैबीच, मन्त्री यादवले काठमाडौँको कीर्तिपुरको सुन्दरीघाटस्थित ‘इलेक्ट्रोमेकानिकल’ शाखामा बाढीले क्षति पुर्‍याएका महत्त्वपूर्ण उपकरणको मर्मतको प्रगति अवलोकन गरेका छन् । उनले बाढीले क्षति पुर्‍याएका क्षतिग्रस्त अत्यावश्यक उपकरण तत्काल मर्मत सम्भार गर्न निर्देशन दिए ।

त्यस अवसरमा खानेपानी उनले सुन्दरीघाटस्थित पानी प्रशोधन केन्द्र र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) को गोदामको समेत अवलोकन गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : २९ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका