चाडपर्वलाई लक्षित गरी सशस्त्रको ११६ स्थानमा सहायता कक्ष « Khabarhub

चाडपर्वलाई लक्षित गरी सशस्त्रको ११६ स्थानमा सहायता कक्ष


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चाडपर्व लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय १६ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने भएको छ । जसमध्ये ६६ वटा स्थापना भइसकेको र ५० वटा स्थापना हुने क्रममा रहेको छ ।

दशैं, तिहार तथा छठपर्व लगायतका चाडवाडका वेला सीमा नाकाबाट आफ्नो गन्तव्यतर्फ जाने आमनागरिकलाई सहज, सुरक्षित र सम्मानजनक ढंगबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको हो ।

चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरुको सुरक्षा, सीमा क्षेत्रमा हुने अबैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरु हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क राखिएको हो ।

यसैगरी विभिन्न प्रयोजनले मुख्यतया १३ वटा जिल्लाबाट पर्यटकहरु प्रवेश गर्ने गरेको तथ्यलाई मनन् गरी उनीहरुको सहायताको लागि इलाम जिल्लाको पशुपतिनगर फाटक, झापाको काँकडभिट्टा, धनुषाको जटही, पर्साको बिरगंज, रुपन्देहीको बेलहिया, कपिलबस्तुको कृष्णनगर, बाँकेको जमुनाह र कञ्चनपुर जिल्लाको गड्डाचौकीमा गरी ८ ठाउँमा पर्यटक सहायता कक्ष समेत स्थापना गर्ने लक्ष्य रहेको छ ।

आमनागरिकहरु सीमा नाकाबाट आवतजावत गर्दा सुरक्षाकर्मीबाट दुःख दिने तथा अनावश्यक हैरानी दिने कार्य भएमा सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको मोवाइल नम्बर ९८५१२७२००७, सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाको मोवाइल नम्बर ९८५१२६४७११ र अनुगमन तथा गुनासो व्यवस्थापन इकाईका सशस्त्र प्रहरी नायव उपरीक्षक सुदिप रेग्मीको मोवाइलन नम्बर ९८५१२६१२०० मा सम्पर्क गर्न गरी उजुरी तथा गुनासो गर्न सकिने छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : २४ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी