उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह « Khabarhub

उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न तीन तहको सरकारलाई आग्रह गरेको छ ।

आयोगले आम उपभोक्ताको अधिकारमा संवेदनशील भई चाडपर्वको समयमा सार्वजनिक यातायातलाई सर्वसुलभ बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको हो ।

“हवाई यातायातलाई सर्वसाधारणको पहुँचयुक्त बनाउन, आम उपभोक्ताका आधारभूत आवश्यकताका सामग्रीको मूल्य निर्धारण र सहज पहुँचका लागि जिम्मेवार निकायबाट हुने अनुगमनलाई प्रभावकारी बनाउन आयोग तीनै तहका सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

आयोगले देशमा हालै घटेका बाढीपहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनले तोकिएको मूल्यभन्दा बढी भाडा लिएको, दैनिक उपभोग्य सामग्रीमा मूल्यवृद्धि भएको तथा हवाई यातायातको भाडामा सर्वसाधारणको पहुँच पुग्न नसकेको नाएको छ ।

आयोगले हालैको भारी वर्षाबाट उत्पन्न बाढीपहिरो र डुबानवाट देशले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको यस सङ्कटको अवस्थामा व्यावसायिक उत्तरदायित्व बहन गर्दै राज्यलाई सहयोग गर्नु तथा नागरिकको पीडामा मलम लगाउनु व्यावसायिक क्षेत्रको पनि दायित्व रहने उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “चाडपर्वमा हुनसक्ने अत्यधिक मूल्यवृद्धि, कालाबजारी, खाद्यान्नमा मिसावट, म्याद गुज्रिएका खाद्यान्नको बिक्री जस्ता उपभोक्ता अधिकार विपरीतका क्रियाकलापलाई नियन्त्रण गर्न सरकारी निकायबाट अनुगमन तथा नियमन हुनुपर्नेमा प्रभावकारी अनुगमन हुन सकेको देखिदैन ।”

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : ३४ बजे

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ