उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह « Khabarhub

उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न तीन तहको सरकारलाई आग्रह गरेको छ ।

आयोगले आम उपभोक्ताको अधिकारमा संवेदनशील भई चाडपर्वको समयमा सार्वजनिक यातायातलाई सर्वसुलभ बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको हो ।

“हवाई यातायातलाई सर्वसाधारणको पहुँचयुक्त बनाउन, आम उपभोक्ताका आधारभूत आवश्यकताका सामग्रीको मूल्य निर्धारण र सहज पहुँचका लागि जिम्मेवार निकायबाट हुने अनुगमनलाई प्रभावकारी बनाउन आयोग तीनै तहका सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

आयोगले देशमा हालै घटेका बाढीपहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनले तोकिएको मूल्यभन्दा बढी भाडा लिएको, दैनिक उपभोग्य सामग्रीमा मूल्यवृद्धि भएको तथा हवाई यातायातको भाडामा सर्वसाधारणको पहुँच पुग्न नसकेको नाएको छ ।

आयोगले हालैको भारी वर्षाबाट उत्पन्न बाढीपहिरो र डुबानवाट देशले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको यस सङ्कटको अवस्थामा व्यावसायिक उत्तरदायित्व बहन गर्दै राज्यलाई सहयोग गर्नु तथा नागरिकको पीडामा मलम लगाउनु व्यावसायिक क्षेत्रको पनि दायित्व रहने उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “चाडपर्वमा हुनसक्ने अत्यधिक मूल्यवृद्धि, कालाबजारी, खाद्यान्नमा मिसावट, म्याद गुज्रिएका खाद्यान्नको बिक्री जस्ता उपभोक्ता अधिकार विपरीतका क्रियाकलापलाई नियन्त्रण गर्न सरकारी निकायबाट अनुगमन तथा नियमन हुनुपर्नेमा प्रभावकारी अनुगमन हुन सकेको देखिदैन ।”

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : ३४ बजे

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप