भारतको उत्तर प्रदेशमा ट्याक्टर दुर्घटना, १० जनाको मृत्यु « Khabarhub

भारतको उत्तर प्रदेशमा ट्याक्टर दुर्घटना, १० जनाको मृत्यु


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्र्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउबाट ३४५ किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्जापुर जिल्लाको जीटी रोडमा शुक्रबार बिहान दुर्घटना भएको हो ।

“भदोही जिल्लामा निर्माण कार्यबाट फर्केका १३ जना मजदुर बोकेको ट्रयाक्टर ट्रलीलाई नियन्त्रण बाहिर गएको मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो,” एक वरिष्ठ प्रहरी अधिकारी अभिनन्दनले भने, “ट्याक्टर ट्रलीमा सवार १३ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको हो भने तीनजनालाई अस्पताल लगिएको थियो ।”

प्रहरीका अनुसार मृत्यु भएका मिर्जामुराद क्षेत्रका बासिन्दा हुन् । दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : १६ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या