भारतको उत्तर प्रदेशमा ट्याक्टर दुर्घटना, १० जनाको मृत्यु « Khabarhub

भारतको उत्तर प्रदेशमा ट्याक्टर दुर्घटना, १० जनाको मृत्यु


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्र्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउबाट ३४५ किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्जापुर जिल्लाको जीटी रोडमा शुक्रबार बिहान दुर्घटना भएको हो ।

“भदोही जिल्लामा निर्माण कार्यबाट फर्केका १३ जना मजदुर बोकेको ट्रयाक्टर ट्रलीलाई नियन्त्रण बाहिर गएको मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो,” एक वरिष्ठ प्रहरी अधिकारी अभिनन्दनले भने, “ट्याक्टर ट्रलीमा सवार १३ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको हो भने तीनजनालाई अस्पताल लगिएको थियो ।”

प्रहरीका अनुसार मृत्यु भएका मिर्जामुराद क्षेत्रका बासिन्दा हुन् । दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : १६ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा