कोशी प्रदेशले आउँदो माघमा लगानी सम्मेलन गर्ने « Khabarhub

कोशी प्रदेशले आउँदो माघमा लगानी सम्मेलन गर्ने


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने कोशी प्रदेश लगानी सम्मेलनको तयारी सुरु गरेको छ ।

गत असोज १३ गते बसेको मन्त्रिपरिषदको बैठकले अवधारणा पत्र पारित गरेपछि काम सुरु भएको हो । कोशी प्रदेश लगानी सम्मेलनको मुल आयोजक समिति निर्माण गरी काम सुरु गरिएको छ । शुक्रबार आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघ सरकार, स्थानीय सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा सम्मेलन सफल पार्नु पर्ने बताए । उनले ढुंगाभित्रबाट पनि पिपलको बोट उम्रिने बताउँदै प्रदेश सरकारसँग अनेकौँ चुनौति छन् पिपलको बोट उम्रिएजस्तै चुनौतिलाई पार गरेर अघि बढ्नु पर्ने उल्लेख गरे ।

उनले भने, ‘एउटा पिपल त अनेक अफ्ट्यारोमा पनि उम्रिन्छ भने हामी संवृद्धिका लागि सबैले संकल्प गर्यौ भने लगानी सम्मेलन सफल पार्छौँ ।’ उनले कानुनी जटिलताहरुलाई सहजिकरण गर्नका लागि संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश लगानी सम्मेलनको तयारीका लागि योजनाहरु बनाउने र परियोजनाहरुको तयारी गर्ने र त्यसलाई लगानीकर्तामाझ पुर्याउने योजना ल्याउने गरी बैठकले तयारी गरेको छ । कोशी प्रदेश सरकारले निजी क्षेत्रका प्रदेश उद्योग वाणिज्य संघ, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, नेपाल चेम्बर अफ कमर्स प्रदेश समिति, नेपाल उद्योग परिसंघ, प्रदेश सहकारी संघ, विराट व्यापार संघलगायतलाई सहसंयोजक राखेर मुल आयोजक कमिटी बनाएको छ ।

यसमा प्रदेशका मन्त्रीहरु, निजी क्षेत्रका अगुवाहरु र संघसंस्थालाई समेटिएको छ । त्यस्तै दशैं अघि नै लगानी सम्मेलनको सचिवालय बनाउने तयारी समेत भएको छ । कोशी प्रदेशका सभामुख संयोजक रहने गरी सल्लाहकार समिति, प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारीको नेतृत्वमा परियोजना तयारी समिति, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको नेतृत्वमा लगानी सम्मेलन निर्देशन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको नेतृत्वमा नीतिगत तथा कानुनी सुधार गर्न समेत समिति गठन गरिएको छ ।

प्रदेश लगानी सम्मेलनको बैठकमा सहभागीहरुले स्वदेशी लगानीकर्तालाई पनि आकर्षित गर्नु पर्ने र भारतीय उद्योगपतिहरुलाई आकर्षित गर्ने गरी योजना बनाउनु पर्ने र कानूनी जटिलतालाई छिटो र छरितो ढंगले निरुपण गर्नु पर्ने सुझाव दिएका छन् । कोशी प्रदेश सरकारले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा लगानी सम्मेलन गर्ने घोषणा गरेर तयारी सुरु गरेको हो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १० : ३८ बजे

संयुक्त मोर्चा बनाएर चाडपर्वपछि आन्दोलन गर्छौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि सरकारका

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

बाँके– नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका सीमान्तकृत

विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले विभिन्न १३ देशका लागि राजदूत

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार (तस्बिरहरू)

पूर्वी नवलपरासी- रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका

उत्तरी सागरमा कार्बनडाइअक्साइड भण्डारण सुरु

कोपेनहेगन– डेनमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड (सीओ₂) भण्डारण गर्ने